Logo

बुधवार, आषाढ २२ गते २०७९

images

बेलायतद्वारा संयुक्त राष्ट्रसंघलाई चीनमा पहुँचका लागि अनुमति दिन माग

बेलायतद्वारा संयुक्त राष्ट्रसंघलाई चीनमा पहुँचका लागि अनुमति दिन माग

नेपाल पाना माघ १३ २०७७
  • 8.0K
    SHARES
  • बेलायतद्वारा संयुक्त राष्ट्रसंघलाई चीनमा पहुँचका लागि अनुमति दिन माग

    लन्डन । संयुक्त अधिराज्य बेलायतले चीनको सिन्जियाङमा भइरहेको उइगरहरुमाथिको मानवअधिकार उल्लंघनका घटनाबारे अनुसन्धान र छानबिन गर्नका लागि संयुक्त राष्ट्र संघलाई अनुमति दिन माग गरेको छ ।

    बेलायतले संयुक्त राष्ट्र संघका अधिकारीहरुलाई सिन्जियाङमा गएर अनुगमन गर्नका लागि अनुमति दिन चीनलाई दबाब दिइरहेको छ ।

    गत साता बेलायतका विदेशमन्त्री डोमिनिक राबले चीनको सिन्जियाङमा उत्पादित सामग्रीहरुमा प्रतिबन्ध लगाउने बताएका थिए ।

    चीनले अल्पसंख्यक मुस्लिम उइगरहरुलाई यातना दिने गरेको, जबरजस्ती श्रम शोषण गराएर सामग्रीहरु उत्पादन गरेको, जबरजस्ती बाझोपन गराउने र मानवअधिकार उल्लंघनका घटनाहरु भएको बेलायतले सिन्जियाङमा उत्पादन गरेका सामग्रीहरुमा प्रतिबन्ध लगाउने गरेका छन् ।

    बेलायत सरकारले आइतबार संयुक्त राष्ट्रसंघीय अधिकार निरीक्षकहरुलाई सिन्जियाङ भ्रमण गर्न अनुमति दिन चीनलाई दबाब दिएको छ । उइगर अल्पसंख्यक मानिसहरुका विरुद्ध मानवअधिकार उल्लंघनको "भयावह" भएको छ ।

    चीनले उइगरहरुमा नरसंहार गर्न थालेको भन्दै अन्तर्राष्ट्रिय मानवअधिकारवादी संगठनहरुले पनि विरोध जनाइरहेका छन् । तर, चीनले भने यस आरोपलाई अस्वीकार गरिरहेको छ ।

    माघ १३, २०७७ मंगलवार ०८:२४:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend