काठमाडौं । कोरोना भाइरसको माहामारीका बेला देशलाई आर्थिक संकटबाट बचाउने जिम्मा भएको सरकार राजनीतिक संकटमा चुलिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको सरकारले पछिल्लो समय देशमा राजनीतिक भाँडभैलो मच्चाएको छ । यसबीच विश्वको आर्थिक अवस्थाबारे पछिल्लो रिर्पोट सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ऋणात्ममक हुने अनुमान गरेको छ ।
यसबाट ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदरको अनुमानसहित बजेट कार्यान्वयन भइरहेको चालु आर्थिक वर्षमा बहुपक्षीय दाता र सरकारको प्रक्षेपणबीच ठूलो अन्तर देखिएको छ । यस्तै अन्तरसहितको प्रक्षेपण संयुक्त राष्ट्रसंघले पनि गरेको छ ।
विश्वको आर्थिक अवस्थाबारे पछिल्लो रिर्पोट सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ऋणात्ममक हुने अनुमान गरेको हो ।
संयुक्त राष्ट्रसंघको प्रक्षेपण अनुसार सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर -०.१ प्रतिशतमा झर्नेछ । यसअघि विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा आव २०२०/२१ मा आर्थिक वृद्धिदर ०.६ प्रतिशत रहने अनुमान गरेको थियो । संयुक्त राष्ट्रसंघले एक कदम अगाडी बढ्दै यो वर्ष आर्थिक वृद्धिदर माइनसमा पुग्ने अनुमान गरेको हो ।