Logo

बिहिवार, फाल्गुण २० गते २०७७

ओलीले पशुपतिनाथमा बिशेष पूजा गर्नुकाे रहस्य खुलासा, होलान् त पापबाट मुक्त ?

ओलीले पशुपतिनाथमा बिशेष पूजा गर्नुकाे रहस्य खुलासा, होलान् त पापबाट मुक्त ?

नेपालपाना माघ १३ २०७७
  • 1.9K
    SHARES
  • ओलीले पशुपतिनाथमा बिशेष पूजा गर्नुकाे रहस्य खुलासा, होलान् त पापबाट मुक्त ?

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पुशपतिनाथ मन्दिरमा बिशेष पुजा गरेका थिए ।

    यसबीच नेकपा प्रचण्ड माधव समूहका नेता भीम रावलले ओली अपराधको पाप पखाल्न पशुपतिनाथ मन्दिर पुगेको खुलासा गरेका छन् ।

    बाजुराको कोल्टी संसद विघटनविरुद्धको विरोधसभामा नेता रावलले प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा पुगेर पूजा गरेको सन्दर्भमाथि कटाक्ष गर्दै यस्तो आरोप लगाएका हुन् ।

    ओली सोमबार काठमाडौंस्थित पशुपतिनाथ मन्दिर गएर विशेष पूजापाठ गरेका थिए । तर उनले पशुपतिमा गएर बत्ती बाल्दैमा पाप नपखालिने जिकिर समेत गरे ।

    उनले भने, 'संसद विघटनको चौतर्र्फी बिरोध हुन थालेपछि आफूले गरेको असंवैधानिक कदमको पाप पखाल्न पशुपतिमा बत्ति बाल्न पुगेका छन् । तर यति ठूलो अपराध बत्ती बालेर पखालिँदैन ।'

    माघ १३, २०७७ मंगलवार २०:२१:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana