Logo

बिहिवार, फाल्गुण २० गते २०७७

अर्थमन्त्री पौडेलको घोषणाले रन्थनिए प्रचण्ड, घर न घाटको हुनेभयो नेपाल समुह

अर्थमन्त्री पौडेलको घोषणाले रन्थनिए प्रचण्ड, घर न घाटको हुनेभयो नेपाल समुह

नेपालपाना माघ १३ २०७७
  • 8.7K
    SHARES
  • अर्थमन्त्री पौडेलको घोषणाले रन्थनिए प्रचण्ड, घर न घाटको हुनेभयो नेपाल समुह

    रुपन्देही। अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले मुलुक ताजा जनादेशका लागि अग्रसर भइसकेको बताएका छन् । 

    “निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुन्छ”, नेपाल प्रेस सङ्गठन रुपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले भने, “अब प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन ।”

    प्रतिनिधिसभा पुनःस्थापनाको कुनै सम्भावना नरहेकाले अब निर्वाचनतर्फ आफ्ना प्रयास केन्द्रित गर्नुपर्ने उनको भनाइ छ । उनले आन्दोलन छोडेर निर्वाचनको तयारीमा लाग्न प्रचण्ड समूहलाई आग्रह गरे । 

    अर्थमन्त्री पौडेलको यो घोषणा अनुसार नै संसद विघटन भयो भने प्रचण्ड नेपाल समुहलाई आपत पर्ने देखिन्छ ।

    सरकार निर्वाचनका लागि स्रोत व्यवस्थापनमा लागेको बताउँदै मन्त्री पौडेलले अन्य दलहरु पनि निर्वाचन केन्द्रित भइसकेको उल्लेख गर्नुरे। 

    निर्वाचनसँग सम्बन्धित काम गर्नका लागि अदालतले नरोकेको स्पष्ट पार्दै उहाँले निर्वाचनको तयारी र अदालतको फैसलालाई तुलना गर्नु नपर्ने धारणा राखे ।  

    माघ १३, २०७७ मंगलवार २०:५०:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana