Logo

शनिवार, आषाढ ११ गते २०७९

images

करिब १० लाख मूल्यकाे अवैध चिनियाँ मदिरा बरामद गरी नष्ट

करिब १० लाख मूल्यकाे अवैध चिनियाँ मदिरा बरामद गरी नष्ट

नेपाल पाना माघ १४ २०७७
  • 9.3K
    SHARES
  • करिब १० लाख मूल्यकाे अवैध चिनियाँ मदिरा बरामद गरी नष्ट

    हुम्ला ।  नेपाल प्रहरीले हुम्लामा एक सय दश कार्टुन अवैध चिनियाँ मदिरा बरामद गरी नष्ट गरेको छ ।

    खार्पुनाथ गाउँपालिकामा रहेको खार्पु प्रहरीले एक सय दश कार्टुन अवैध चिनियाँ मदिरा गाउँ भित्र्याउने क्रममा छिप्रा पुलबाट बरामद गरेको हो । 

    आज बिहान ३ बजेको समयमा गाउँ भित्र्याउने क्रममा मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । आज बरामद भएकाे मदिरा अहिलेसम्मकै ठूलो परिमाणको भएकाे  प्रहरी नायव उपरीक्षक सुवेदीले बताए ।

    बरामद भएकाे अवैध चिनियाँ मदिरा ‘झनिगिन्टी’ जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय हुम्लाले जानकारी दिएकाे छ । अवैध मदिरा भित्र्याउने व्यापारीलाई भने प्रहरीले सार्वजनिक गरेको छैन ।  

    बरामद गरिएको चिनियाँ मदिराको नेपाली मूल्य करिब १० लाख ४० हजार पर्ने प्रहरीले जनाएको छ । गाउँमा मात्रै नभई अवैध चिनियाँ मदिरा सदरमुकाम सिमकोटमा पनि भित्रिएको स्राेतले जनाएको छ ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान जारी राखिएको जनाएको छ । 

    माघ १४, २०७७ बुधवार ०९:२३:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend