Logo

बिहिवार, फाल्गुण २० गते २०७७

हिंसामा उत्रिए प्रचण्ड-माधव समुहका कार्यकर्ता, बझाङमा तरुण दलका नेताको हत्या

हिंसामा उत्रिए प्रचण्ड-माधव समुहका कार्यकर्ता, बझाङमा तरुण दलका नेताको हत्या

Nepal Pana माघ १४ २०७७
  • 5.5K
    SHARES
  • हिंसामा उत्रिए प्रचण्ड-माधव समुहका कार्यकर्ता, बझाङमा तरुण दलका नेताको हत्या

    बझाङ । बझाङ जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड-माधव) समुहका कार्यकर्ताहरूले खुँडा प्रहार गरि नेपाल तरुण दलका सदस्यको ज्यान लिएका छन् ।

    विद्यालय व्यवस्थापनको निर्वाचनमा पराजित भएको झोँकमा नेकपाका कार्यकर्ताहरूले तरुण दलका सदस्य अमृत सिंहको ज्यान लिएका हुन् ।

    छबिसपाथिभेरा गाउँपालिका–३ का सिंहलाई खुँडा प्रहार गरि ज्यान लिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रुपक खड्काले जानकारी दिएका छन् । छबिसपाथिभेरा गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बन्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको निर्वाचन सकेर घर फर्किने क्रममा भएको विवाद भएको थियो ।

    विवादमा सिंहलाई नेकपाका कार्यकर्ताले खुँडा प्रहार गर्दा ज्यान गएको खड्काले बताए । खुँडा प्रहार गर्ने मध्येका एक जना सोही गाउँपालिका वडा नम्बर २ का ज्ञानबहादुर कडायत पक्राउ परेका छन् । खुँडा बरामद गरिएको प्रहरीले जनाएको छ ।

    खुँडा प्रहार गर्ने मध्येका अर्का युवक प्रकाश ऐडी फरार छन् । ऐडीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । समितिको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा निकट दुई प्यानल बनेका थिए । कांग्रेस निकट प्यानल निर्वाचित भएको थियो ।

    पराजित भएपछि नेकपाका नेता कार्यकर्ताले कांग्रेसका नेता कार्यकर्तासँग झगडा गरेको कांग्रेसको आरोप छ । तरुण सदस्य सिंहको ज्यान लिएपछि बझाङ कांग्रेसले दोषीलाई कारबाहीको माग गरेको छ ।

    सत्ताको आडमा बझाङमा यसअघि पनि नेकपाका नेता कार्यकर्ताहरूले आफ्नो रवाफ देखाउँदै आएका थिए । कांग्रेसले नेकपाको हर्कतको विरोध गरेको छ ।

    माघ १४, २०७७ बुधवार १०:३१:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana