Logo

सोमवार, फाल्गुण २४ गते २०७७

पद्माकुमारी अर्याल भन्छिन्- चुच्चे नक्साले ओलीलाई पदबाट हटाउने खेल भयाे

पद्माकुमारी अर्याल भन्छिन्- चुच्चे नक्साले ओलीलाई पदबाट हटाउने खेल भयाे

नेपालपाना माघ १५ २०७७
  • 1.7K
    SHARES
  • पद्माकुमारी अर्याल भन्छिन्- चुच्चे नक्साले ओलीलाई पदबाट हटाउने खेल भयाे

    काठमाडौं। पछिल्लो समय विवादित एवं विभाजित नेपाल कम्युनिस्ट पार्टी नेकपामा राजनीतिक संकट चुलिएको छ । 

    ययबीच कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सरकारले विगतमा छुटाइएका नेपाली भू–भाग समेटेर चुच्चे नक्सा जारी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने खेल सुरु भएको आरोप लगाएकी छन् ।

    अखिल नेपाल महिला संघ काभ्रेले बिहीबार बनेपामा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो आरोप लगाएकी हुन् ।

    प्रधानमन्त्री ओली नेतृत्वको नेकपाको केन्द्रीय सदस्यसमेत रहेकी मन्त्री अर्यालले राष्ट्रियताको पक्षमा खुट्टा नकमाएर दह्रोसँग उभिएका कारण प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीलाई पदबाट हटाउने प्रयासमा विभिन्न गतिविधिहरु भएको बताएकी हुन्।

    ‘प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारले चुच्चे नक्सा जारी गरेपछि केपी ओलीलाई नफाली नहुने गरी खेल सुरु भयो, उहाँहरु त्यसरी लाग्नुभयो’, मन्त्री अर्यालले भनिन्, ‘पहिलोपटक नाकाबन्दीको विरुद्धमा उभिँदा र दोस्रोपटक चुच्चे नक्सा ल्याएपछि ओलीलाई हटाउन लागेका हुन्,’ उनले भनिन् ।

    माघ १५, २०७७ बिहिवार १८:४५:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana