काठमाडौं। परम्परागत शैली र धार्मीक दृसष्टकोणको महशुस नगर्ने नेपाली सायदै होलान् । तर कम्युनिस्टका संस्थापक मानिने मार्क्सले धर्मलाई भने अफिम भनेका छन् ।
मार्क्सकै सिद्धान्त पन्छ्याउछौं भन्दै चुनावी एजेण्डा एवं आफुलाई महान देखाउँने नेपाली कम्युनिस्टहरु भने धर्मको पाउमा परेरै छोड्छन् ।
धर्मलाई अँगाल्ने कि मार्क्सलाई अनुसरण गरेर आफुलाई धुरन्धर कम्युनिस्ट भन्ने कुरामा नेपालका कम्युनिस्टहरुको हालत कठै भन्न लायक छ ।
यसको उदाहरण शीर्ष नेता एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बनेका छन् । केही दिन अघि ओलीले पशुपतिनाथ मन्दिरमा बिशेष पूजा गरेका थिए ।
उनले पूजा गरेको बिषयले ठूले चर्चा लिएको थियो । यस्तोबेलामा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भैंसी पूजा गरेको विषय उठाएका छन् ।
विगतमा प्रचण्डले भैंसी पूजा गरेको तस्बिर समेत सार्वजनिक भएको थियो । तर, प्रचण्डले आफूलाई नास्तिक र धर्मनीरपेक्षको पक्षधर भन्दै आएका छन् ।
आफुलाई कम्युनिस्ट भन्ने नेताहरुको याे कदमपछि चुनावी र राजनीतिक एजेण्डाका जे पनि गर्न तयार भन्दै चाैतर्फि आलोचना भइरहेको छ ।
