Logo

सोमवार, फाल्गुण २४ गते २०७७

चर्का कुरा गर्ने ठूलै कांग्रेस नेतामाथि सर्वोच्चले लियो एक्सन!

चर्का कुरा गर्ने ठूलै कांग्रेस नेतामाथि सर्वोच्चले लियो एक्सन!

Nepal Pana माघ १५ २०७७
  • 5.4K
    SHARES
  • चर्का कुरा गर्ने ठूलै कांग्रेस नेतामाथि सर्वोच्चले लियो एक्सन!

    काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख एवं नेपाली कांग्रेसका पुराना नेता दमननाथ ढुंगानालाई अदालतको अवहेलना मुद्दामा किन कारवाही नगर्ने भनी कारण सोधेको छ ।

    ढुंगानाले प्रधानमन्त्रीको संसद विघटनको कदमको विरोधका क्रममा अदालतलाई समेत धम्क्याउँदै न्यायाधीशलाई सडकमा तानेर ल्याउन सक्ने अवस्था आउने बताएका थिए ।

    उक्त अभिव्यक्तिमा अधिवक्तामा राजाराम घिमिरेले अदालतको अवहेलना मुद्दामा रिट निवेदन दायर गरेका थिए ।

    न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ढुंगानालाई लिखित जवाफसहित एक हप्ताभित्र अदालतमा आफै उपस्थित हुन आदेश दिएको हो ।

    अब उनी आफै उपस्थित भएर जवाफ दिनुपर्ने छ ।

    माघ १५, २०७७ बिहिवार १९:४९:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सर्बोच्च अदालत

  • सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana