काठमाडौं। कोरोना भाइरसको संक्रमणविरुद्ध आजसम्म २८ हजार ७३२ जनाले खोप लगाएका छन्। दुई दिनमा २८ हजारले कोरोना भाइरसविरुद्धको खोप लगाउँदा कसैलाई पनि कुनै समस्या नदेखिएको खुसीको खबर आएको छ ।
विभिन्न देशमा खोप लगाएका केही मानिसमा समस्या देखिएको भएपनि नेपालमा भने कसैमा पनि स्वास्थ्य समस्या देखिएको छैन् ।
प्रदेश १ मा तीन हजार ८७४, प्रदेश २ मा दुई हजार १७४, वागमती प्रदेशमा ११ हजार ४६१, गण्डकीमा चार हजार ८५३, लुम्बिनीमा दुई हजार ३०३, कर्णालीमा एक हजार ६७७ र सुदूरपश्चिममा दुई हजार ४१७ ले खोप लगाएका छन्।
आजसम्म खोप पाएका व्यक्तिहरुमध्ये कुनै पनि व्यक्तिमा स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सरकारले फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारी तथा स्वास्थ्यकर्मीरुलाई प्राथमिकताको आधारमा खोप लगाउन सुरु गरेको हो। तीन महिनाभित्र सबै नागरिकलाई खोप उपलब्ध गराउने सरकारले घोषणा गरेको छ ।