Logo

सोमवार, आश्विन १७ गते २०७९

लमजुङमा प्रधानसेनापति थापा

लमजुङमा प्रधानसेनापति थापा

नेपालपाना माघ १५ २०७७
  • 10.2K
    SHARES
  • लमजुङमा प्रधानसेनापति थापा

    लमजुङ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रकृतिको साथ समृद्धि खोज्नुपर्ने बताएका छन् । 

    सेनाको ब्यारेक निर्माणस्थल बेंसीशहर वडा नं २ श्रीस्वारामा बृहत् फलफूल वृक्षरोपण अभियानको आज शुरु गर्दै प्रधानसेनापति थापाले उक्त कुरा बताएका हुन् ।
     
     प्रधानसेनापति थापाले नेपाल सरकारको समृद्धिको लक्ष्य हासिल गर्ने योजनामा साथ दिँदै प्रकृतिको संरक्षण, फलफूलखेती र व्यावसायिक कृषिबाट समृद्धि हासिल गर्न सहयोग पुग्ने बताए । 
     
    उनले खेतबारी बाँझो राखेर विदेश जानुभन्दा यहीँको माटोमा मेहनत गरे उन्नति हासिल गर्न सकिने बताए । प्रधानसेनापति थापासहितको टोलीले बेंसीशहर–२ को जर्गेनी सामुदायिक वनको उत्तरधारा र सोही वडाको बगालेगाउँमा निर्माणधीन नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालीम केन्द्रमासमेत वृक्षरोपण गरेको थियो । 

    सोही अवसरमा प्रधानसेनापति थापाले निर्माणधीन व्यावसायिक कृषि तथा पशुपालन तालीम केन्द्रको निरीक्षणसमेत गरेका थिए । फलफूल जोनका रुपमा विकास गर्न नेपाली सेना र स्थानीयवासीले आज १५ हजार ७५० वटा विभिन्न प्रकारका बिरुवा रोपेको श्रीजंग गणका गणपति प्रमुख सेनानी जयराम थापाले जानकारी दिए ।

    माघ १५, २०७७ बिहिवार २१:३०:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सेना

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend