Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

राति १० बजेपछि काठमाडौंको चक्रपथ खतरनाक गाडी गुड्दै

राति १० बजेपछि काठमाडौंको चक्रपथ खतरनाक गाडी गुड्दै

नेपालपाना माघ १८ २०७७
  • 9.6K
    SHARES
  • राति १० बजेपछि काठमाडौंको चक्रपथ खतरनाक गाडी गुड्दै

    काठमाडौं। सोमबार (भोलि)राति १० बजेपछि काठमाडौंको चक्रपथमा बख्तरबन्द गाडी गुड्ने भएका छन् । भोलि सेनाले नियमित प्रक्रिया अनुसार बख्तरबन्द गाडीमार्फत चक्रपथ परिक्रमा गर्न लागेको हो ।

    सेनाले यो अभ्यास आफ्ना आठ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरुबाट समेत गर्ने भएको छ । ति आठ वटै पृतनाहरुले भने माघ २१ गते पृतना अन्तर्गतका विभिन्न स्थानहरुमा चारचार वटा बख्तरबन्द गाडीहरुमार्फत अभ्यास गर्ने छन ।

    यसलाई सेनाले नियमित अभ्यास भनेको छ । तर सर्वसाधारणलाई एकै पटक बख्तरवन्द सवारी देख्दा त्रास नहोस भन्दै सेनाले यसबारे अगाडी नै जानकारी गराएको जनाएको हो ।

    माघ १८, २०७७ आइतवार १९:४५:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सेना

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana