Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

८८ हजारले खोपलगाएपछि गम्भीर लक्षणबारे खुलासा गरे 

८८ हजारले खोपलगाएपछि गम्भीर लक्षणबारे खुलासा गरे 

नेपालपाना माघ १८ २०७७
  • 9.3K
    SHARES
  • ८८ हजारले खोपलगाएपछि गम्भीर लक्षणबारे खुलासा गरे 

    काठमाडौं। कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आज पाँचौँ दिन ८८ हजार सात व्यक्तिले लगाएका छन् । 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १२ हजार ७६३, प्रदेश नं २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६८३, गण्डकी प्रदेशमा १२ हजार ३११, लुम्बिनी प्रदेशमा १० हजार ७६०, कर्णाली प्रदेशमा पाँच हजार ५५६ र सुदूरपश्चिम प्रदेशमा छ हजार ८७७ जनालाई खोप लगाइएको छ । 

     भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप यही माघ १४ गतेदेखि देशभर १८५ खोप केन्द्रबाट अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो । 

    खोप लगाएकाहरुले गम्भीरलक्षणका विषयमा बोल्दै कुनै गम्भीर लक्षण नदेखिएको बताएका छन् । केहीलाई सामान्य लक्षणबाहेक अरुलाई कुनै समस्या नदेखिएको खोप लगाएकाहरुको भनाइ छ ।

    मन्त्रालयले पहिलो चरणमा प्राथकिमता प्राप्त लक्षित समूहमा पर्ने व्यक्तिमध्ये स्वास्थ्यकर्मीले काउन्सिल दर्ता, आधिकारिक परिचय पत्र र संस्थाबाट प्रमाणीकरण गरेको विवरण तथा अन्य व्यक्तिका हकमा सम्बन्धित कार्यालयले गरेको सिफारिश पत्र जिल्लाको स्वास्थ्य कार्यालयमा नाम दर्ता गरी खोप लगाउन आग्रह गरेको छ ।  

    माघ १८, २०७७ आइतवार २०:१९:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana