Logo

आइतवार, मंसिर १२ गते २०७८

images

ओलीविरुद्ध उत्रिनेलाई देउवाको कोसेली, १३ वटा भ्रातृ सङ्घलाई दिए यस्तो

ओलीविरुद्ध उत्रिनेलाई देउवाको कोसेली, १३ वटा भ्रातृ सङ्घलाई दिए यस्तो

नेपालपाना माघ १९ २०७७
  • 7.9K
    SHARES
  • ओलीविरुद्ध उत्रिनेलाई देउवाको कोसेली, १३ वटा भ्रातृ सङ्घलाई दिए यस्तो

    काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका भ्रातृ संस्थाहरुले प्रतिनिधिसभा विघट्नविरुद्ध आज सम्पन्न गरेको प्रदर्शनमा सहभागी सबैलाई धन्यवाद दिए । 

    काँग्रेसका १३ वटा भ्रातृ सङ्घले संसद् विघटनको कदमविरुद्ध आज ७७ वटै जिल्लामा संयुक्तरुपमा विरोध प्रदर्शन सम्पन्न गरेका छन् । सभापति देउवाले आज एक विज्ञप्तिमार्फत प्रदर्शनमा सहभागी सबैमा पार्टीका तर्फबाट आभार प्रकट गरेका छन् । 

    उनले प्रदर्शन सफल बनाउन अहोरात्र खट्नु हुने भ्रातृ संस्था र पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यका साथै सामाजिक सञ्जालमार्फत भूमिका निर्वाह गर्ने युवामा समेत बधाई ज्ञापन गरेका छन् ।
     
     काँग्रेसले कार्यक्रम घोषणा भएदेखि समापन हँुदासम्म निरन्तर समाचार सम्प्रेषण गर्नुहुने सञ्चारकर्मीलाई पनि धन्यवाद ज्ञापन गरेको छ ।

    माघ १९, २०७७ सोमवार २०:१२:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana