Logo

बिहिवार, फाल्गुण १३ गते २०७७

अर्थमन्त्री भन्छन्- चुनावका लागि टनाटन पैंसा छ

अर्थमन्त्री भन्छन्- चुनावका लागि टनाटन पैंसा छ

नेपालपाना माघ २० २०७७
  • 1.6K
    SHARES
  • अर्थमन्त्री भन्छन्- चुनावका लागि टनाटन पैंसा छ

    काठमाडौं। निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक आर्थिक व्यवस्थापनलगायत विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको छ ।
     
    सरकारले वैशाख १७ र २७ गते दुई चरणमा हुने गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति करिब डेढ महिनाअघि नै घोषणा गरिसकेको छ । 

    सो अवसरमा अर्थमन्त्री पौडेलले निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवं सुदृढीकरण गर्ने काम निर्वाचन आयोगको भएकाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगबाट भइरहेको तयारी सकारात्मक रहेको बताए 

    उनले भने, “स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचनका लागि आवश्यक बजेट सरकारले उपलब्ध गराउने, बजेटको कुनै अभाव नहुने तथा सरकारको नीतिअनुसार वैदेशिक सहायताका सन्दर्भमा समेत अर्थ मन्त्रालयबाट पूर्ण सहयोग हुनेछ ।” 

    साथै कोभिड–१९ को महामारीको समयमा निर्वाचन सञ्चालन तथा व्यवस्थापन गर्नुपरेकाले सबै प्रकारका खर्चमा मितव्ययिता, पारदर्शिता र जवाफदेहितामा समेत आयोगले ध्यान दिनुपर्ने सुुझाव दिँदै उनले निर्वाचन व्यवस्थापनका सबै कार्य व्यवस्थित र योजनाबद्ध तुुल्याउनुुपर्नेमा जोड दिए।

    माघ २०, २०७७ मंगलवार १८:२१:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा
  • # बिष्णु पाैडेल

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana