काठमाडौं। नेपालमा आफ्नो सामान निर्यात गर्ने तर नेपाली सामान आयात नगर्ने चिनियाँ रणनीति बाहिरिएको छ । चनिसँगको व्यापारमा नेपाली अर्थतन्त्रमा केही हदसम्म भएपनि सघाउ मिल्दै आएको थियो ।
तर, चीनले नेपाली आयातमा रोक लगाउँदै अर्थतनत्रमा धक्का हानेको छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट डेढ वर्षदेखि नेपाली सामग्री निर्यात ठप्प भएको हो ।
रुमा भाषाको समस्या देखाएर चिनियाँ पक्षले निर्यातमा रोक लगाएको थियो । कोभिड–१९ को बाहाना देखाउँदै चीनले निर्यातको लागि अनुमति नदिएको हो । २०७६ साउनदेखि नाकाबाट सामग्री निर्यात नभएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।
आयातको तुलनामा निर्यात निकै कम हुने भएपनि चिनियाँ बजारमा नेपाली सामग्रीको माग बढ्दै गएको थियो । तर नेपाली निर्यातलाई स्वाहाको स्थितीमा पुर्याउँदै चीनले एकतर्फी व्यापार गरेको पाइएको छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका गुम्बाहरूमा नेपाली दाल र घ्यू तथा अन्य स्थानमा बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायत सामग्रीको माग उच्च छ ।