Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

तनहुँमा ओलीकदमविरुद्ध रामचन्द्र पौडेलको गर्जन

तनहुँमा ओलीकदमविरुद्ध रामचन्द्र पौडेलको गर्जन

नेपालपाना माघ २० २०७७
  • 7.2K
    SHARES
  • तनहुँमा ओलीकदमविरुद्ध रामचन्द्र पौडेलको गर्जन

    दमौली। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँ–गाउँमा विकासको मूल फुटाउनुपर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका र भानु नगरपालिकाका विभिन्न ठाउँमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले गाउँमा प्रचुर सम्भावना रहेकाले गाउँ–गाउँमा विकासको गति बढाउनुपर्नेमा जोड दिए ।

    वरिष्ठ नेता पौडेलले सङ्घीयता कार्यान्वयनसँगै ग्रामीण भेगमा विकासको क्रम शुरु भए पनि उक्त गतिलाई बढाउन आवश्यक रहेको बताए । “खण्डहर बन्दै गएको गाउँमा बाटो, बिजुली, शिक्षा, स्वास्थ्य पुर्याएर गाउँबाट भागेको मनलाई गाउँमै फर्काउनुपर्छ”, उनले भने, “गाउँमै हुर्किएको व्यक्ति भएकाले गाउँका सबै समस्या मलाई थाहा छ, म सोही अभियानमा छु ।”

    वरिष्ठ नेता पौडेलले संविधानमा कुनै व्यक्तिले संसद् विघटन गर्न नपाउने प्रष्ट लेखेको हुनाले अदालतले उक्त कदम सच्याउनेमा आफू विश्वस्त रहेको बताउँदै जनताले ठूलो विश्वास गरेर कम्युनिष्टलाई मत दिए पनि सरकारले जनताको भावनाअनुसार काम गर्न नसकेको आरोप लगाए ।

    माघ २०, २०७७ मंगलवार २०:४१:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रामचन्द्र पाैडेल

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana