Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

चुनाव खर्च आयोगले सरकारसँग माग्यो ७ अर्ब ७ करोड

चुनाव खर्च आयोगले सरकारसँग माग्यो ७ अर्ब ७ करोड

नेपालपाना माघ २२ २०७७
  • 9.3K
    SHARES
  • चुनाव खर्च आयोगले सरकारसँग माग्यो ७ अर्ब ७ करोड

    काठमाडौँ । निर्वाचन आयोगले सरकारले घोषणा गरेको निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ आवश्यक पर्ने बताएको छ । आयोगको मंगलबार बसेको बैठकले २०७८ वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ आवश्यक पर्ने जानकारी गराएको हो ।  

    आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कोभिड–१९ को सुरक्षा सतर्कताका लागि आवश्यक पर्ने न्यूनतम सुरक्षा व्यवस्थाका लागि ३७ करोड ४१ लाख ७४ हजार रुपैयाँ प्रस्ताव गरेको हो ।  

    ‘विगतका निर्वाचनमा प्रयोग गरी हाल मौज्दातमा रहेका मतपेटिका लगायत विभिन्न उपकरण र सवारी साधनहरू मर्मत गरी प्रयोग गर्ने व्यवस्था गरिएकोले नयाँ सामग्री, उपकरण र सवारी साधन खरिद गर्नेगरी बजेटमा समावेश गरिएको छैन’ आयोगले भनेको छ। 

    आयोगले कोभिड–१९ को महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापन गर्दा मितव्ययीता अपनाउने ढंगले कार्यविधि बनाएको जनाएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ । 

    माघ २२, २०७७ बिहिवार ०८:४१:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चुनाव

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend