Logo

बुधवार, आषाढ २ गते २०७८

‘पुरानो घाउ’मा आकाश–पूजाको जोडी, बियोगान्त कथा

‘पुरानो घाउ’मा आकाश–पूजाको जोडी, बियोगान्त कथा

नेपाल पाना माघ २२ २०७७
  • 5.8K
    SHARES
  • ‘पुरानो घाउ’मा आकाश–पूजाको जोडी, बियोगान्त कथा

    काठमाडौं । गायिका अञ्जु पन्तको स्वर रहेको ‘पुरानो घाउ’को म्युजिक भिडियो रिलिज भएको छ । संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको म्युजिक भिडियोको निर्देशन देवेन्द्र पाण्डेले गरेका छन् ।

    गजलका शब्द चन्द्र प्रसाइँ ‘परिष्कृत’ले लेखेका हुन् । प्रसाइँले लेखेको ‘पुरानो घाउ’का शब्द निकै भावनात्मक छन् । गीतको एरेञ्जर विष्णु अधिकारी हुन् । रेकर्डिङ र मिक्सिङ विश्व अधिकारीले गरेका छन् ।

    संगीतकार श्रेष्ठले ‘पुरानो घाउ’को गजलको भावना अनुसार म्युजिक भिडियो बनेको छ ।

    ‘मैले धेरै गीतहरूमा संगीत दिएको छु’, श्रेष्ठले भने, ‘ती गीतहरूमध्ये ‘पुरानो घाउ’ निकै उत्कृष्ट बनेको छ । हामी आशावादी छौं ।’ गजलको शब्द र भाव अनुसार पाण्डेले म्युजिक भिडियोको निर्देशन गरेको बताएका छन् ।

    ‘गजलको शब्दहरू अत्यन्तै मन छुने खालका छन्’, उनले भने, ‘शब्द र संगीतलाई मैले म्युजिक भिडियोमा भावना मर्न दिएको छैन ।’

    म्युजिक भिडियोमा मोडलद्वय आकाश श्रेष्ठ र पूजा शर्माले अभिनय गरेका छन् । श्रेष्ठ र शर्माको अभिनय पनि उत्कृष्ट रहेको पाण्डेले बताए । निर्देशक पाण्डेले भने, ‘आकाश श्रेष्ठ र पूजा शर्माको अभिनय म्युजिक भिडियोमा राम्रो अभिनय छ ।’

    पाण्डेले गजलको भिडियोलाई यिबोगान्त कथामा बनाएका छन् । पाण्डेले म्युजिक भिडियोमा कुनै पनि कम्प्रमाइज नगरेको छन् । कलाकार र शुटिङ टिमका कारण भिडियो छायाँकनमा ठूलो सहयोग मिलेको पाण्डेले उल्लेख गरे ।

    म्युजिक भिडियोमा पुनारो गाडी, पुरानो घरलगायतका राम्रा सामग्री र दरबारमार्गको दृष्यहरू प्रयोग गरिएका छन् । ‘राम्रो काम गरेका छौँ । खर्च अलिक धेरै भएको छ’, पाण्डेले भनेका छन् ।

    म्युजिक भिडियोको प्रोडक्शन म्यानेजर दीपेन गौतम रहेका छन् । छायाँकन उत्सव दाहाल र सम्पादन विकास दाहालले गरेका हुन् ।

    माघ २२, २०७७ बिहिवार १५:४२:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana