काठमाडौं । सरकारले ल्याएको पूर्वमाओवादीसँग जोडिएको एक अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी छन् ।
खासगरी माओवादी जनयुद्धकालमा भएका यातना तथा युद्ध अपराधसँग जोडिने अध्यादेशलाई राष्ट्रपतिले प्रमाणिकरण गरेकी हुन् ।
माओवादी जनयुद्धका क्रममा चितवनको माडीमा बस विद्युतीय धरापमा पारेर दर्जनौ नागरिकको ज्यान लिएको होस् वा ओखलढुंगामा बालकृष्ण ढुंगेलले गरेको युद्ध अपराध यो विधेयकसँग जोडिन्छ । यी मुद्दा आउँदा माओवादी नेतृत्व तर्सिने गरेको छ ।
युद्ध अपराधलाई सम्बोधन गर्ने सम्बन्धमा जनयुद्धसँग जोडिएका बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संसोधन अध्यादेश २०७७ राष्ट्रपति भण्डारीले जारी गरेकी हुन् ।
संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारसिमा राष्ट्रपति भण्डारीले शुक्रबार उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।