काठमाडौं। नेकपाभित्र विवाद बढ्दै जाँदा विभाजित प्रचण्ड-नेपाल समुहका नेताहरुले मनपरी बोल्न थालेको आरोप लागिरहेको छ । यस्तोमा शनिबार प्रचण्ड-नेपाल समुहका नेता योगेश भट्टराईले बालुवाटारमा तनाब उत्पन्न हुने भाषण गरेका छन् ।
नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराजा ज्ञानेन्द्र दुवै अध्यक्ष भएको पार्टी बन्यो भने पनि अनौठो मान्नु नपर्ने अभिव्यक्ती दिएका हुन् ।
शनिबार पुर्वी नवलपरासीको कावासोतीमा नेकपा प्रचण्ड(नेपाल समुहको विद्यार्थी भेला एवं प्रशिक्षण कार्यक्रममा बोल्दै भट्टराईले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले भने, ‘हिजोका मण्डले, संघीयता र गणतन्त्र विरोधी आज केपी ओलीको साथमा छन्,ओलीले कस्तो जमातको नेतृत्व गर्दै हुनुहुन्छ देखिएकै छ, भोलि पूर्वराजा ज्ञानेन्द्र दुवै अध्यक्ष भएको पार्टी बन्यो भने अनौठो मान्नु पर्दैन् ।’
संसद विघटनको मुद्दामा ओलीको पक्षमा बहस गर्ने वकिलदेखि लिएर ओली अगाडि पछाडी रहने सबै संघीयता र गणतन्त्र विरोधी भएको बताउँदै नेता भट्टराईले प्रधानमन्त्री ओली इतिहासकै कमजोर प्रधानमन्त्री भएको जिकिर गरे ।