Logo

बिहिवार, फाल्गुण १३ गते २०७७

प्रधानन्यायाधीशविरुद्ध मुद्दा लिएर सर्वोच्च गएका सभामुख सापकोटा आफैं फसे

प्रधानन्यायाधीशविरुद्ध मुद्दा लिएर सर्वोच्च गएका सभामुख सापकोटा आफैं फसे

Nepal Pana माघ २५ २०७७
  • 88.9K
    SHARES
  • प्रधानन्यायाधीशविरुद्ध मुद्दा लिएर सर्वोच्च गएका सभामुख सापकोटा आफैं फसे

    काठमाडौं । बुधवार संवैधानिक आयोगमा सरकारले नियुक्त गरेका पदाधिकारीको सपथ भयो ।

    सभामुख अग्नि सापकोटा सपथ समारोहमा उपस्थित भएनन् । उनीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन पनि उपस्थित भएनन् ।

    यसअघि सापकोटा मन्त्रीहरुको सपथमा भने उपस्थित भएका छन् । सपथमा उपस्थित हुन सभामुखको कर्तव्य हो । सपथ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले गराएका थिए ।

    सभामुख सपथ समारोहमा उपस्थित हुनु त कहाँ हो कहाँ नियुक्तिमा संविधान उल्लंघ भएको भन्दै भोलिपल्ट रिट निवेदन लिएर सर्वोच्च अदालत पुगे ।

    रिट पनि कस्का विरुद्ध भन्दा सपथ खुवाउने प्रधानन्यायाधीश जबराविरुद्ध । सभामुखले नियुक्त गर्ने प्रधानमन्त्री, संवैधानिक परिषद, राष्ट्रपति कार्यालय र नियुक्ति भएकाहरु विरुद्ध रिट निवेदन त ठिकै थियो । तर उनले अदालतकै प्रमुख विरुद्ध पनि रिट निवेदन दिए ।

    रोचक त के भयो भने संविधान मिचिएर नियुक्ति गरेकाले सर्वोच्च आएको बताइरहँदा सापकोटाविरुद्धको ज्यान मुद्दाको पेसी थियो ।

    सर्वोच्च वेवसाइटमा सभामुखविरुद्धको मुद्दा पेसीमा थियो । तर हेर्न नभ्याइने भन्दै थन्कियो । यसै दृश्यलाई कनकमणि दिक्षीत लेख्छन्, 'देश, काल, परिस्थिति - अनि संयोग। सभामुख अग्नि सापकोटा संवैधानिक नियुक्ति विरुद्ध रिट निवेदन दायर गर्न पुगे सर्वोच्च अदालत। पूर्णिमाया लामाले पति अर्जुन बहादुर लामाको हत्यामा सापकोटा बिरुद्ध हालेको ज्यान मुद्दाको पेसी पनि आजै थियो सर्वोच्च अदालतमा। ('हेर्न नभ्याइने' भयो, सर्यो ।)

    जबकी सभामुखविरुद्ध हत्या मुद्दा सर्वोच्चमा हुँदाहुँदै उनलाई सभामुख बनाइएको थियो । बिहीवार जब प्रधानन्यायाधीश विरुद्ध मुद्दा लिएर सर्वोच्च पुगे तब आफ्नै ज्यान मुद्दामा पेसीमा रहेको थाहा पाएर सभामुख सापकोटा अफ्ठ्यारोमा परे । उनी चिन्तित हुँदै फर्किए ।

    प्रधानन्यायाधीशलाई मुद्दा लगाउन लगाएका सभामुख आफ्नै मुद्दा देखेर झस्किए ।

    माघ २५, २०७७ आइतवार १२:२५:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सर्बोच्च अदालत

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana