Logo

मंगलवार, मंसिर १३ गते २०७९

गण्डकी प्रदेशका मुख्यमन्त्रीले गरे देश नै हल्लिने बिशेष घाेषणा

गण्डकी प्रदेशका मुख्यमन्त्रीले गरे देश नै हल्लिने बिशेष घाेषणा

नेपालपाना माघ २५ २०७७
  • 20.8K
    SHARES
  • गण्डकी प्रदेशका मुख्यमन्त्रीले गरे देश नै हल्लिने बिशेष घाेषणा

    काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको शुरु तलब स्केल पारिश्रमिक लागू गर्नुपर्नेलगायत मागप्रति प्रदेश सरकार सकारात्मक रहेको बताएका छन्।

    अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घ गण्डकी प्रदेश समितिले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको ध्यानाकर्षणपत्र ग्रहण गर्दै उनले प्रदेश सरकारबाट पूरा गर्न सकिने माग सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे ।

    नेपाल सरकारका केही कार्यालयमा अझै पनि सरकारले तोकेको शुरु तलब स्केल पारिश्रमिक लागू गर्नुपर्ने मागप्रति उनले भने, “प्रदेशभित्रका कार्यालयमा सरकारले तोकेको शुरु तलब स्केल कहाँ कहाँ उपलब्ध भएको छैन हामीलाई जानकारी दिनुहोस्, हामी पनि हेछौँ र तत्काल पूरा गर्न पहल गछौँ ।”

    मुख्यमन्त्री गुरुङले श्रमिक सङ्घका कतिपय माग लोकसेवा आयोगसँग सम्बन्धित रहेको र प्रदेश लोकसेवा आयोग नबनिसकेकाले तत्काल सम्बोधन गर्न नसकिने भए पनि सोका बारेमा आगामी दिनमा थप छलफल गरिने स्पष्ट पारे ।

    माघ २५, २०७७ आइतवार १९:०१:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा
  • # गण्डकी

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend