Logo

बिहिवार, फाल्गुण १३ गते २०७७

प्रचण्ड माधव समुहका अर्का दुई शक्तिशाली नेतासहित हजारौं कार्यकर्ता ओली समूहतिर लागे, भीम रावललाई ठूलो धक्का!

प्रचण्ड माधव समुहका अर्का दुई शक्तिशाली नेतासहित हजारौं कार्यकर्ता ओली समूहतिर लागे, भीम रावललाई ठूलो धक्का!

Nepal Pana माघ २७ २०७७
  • 83.3K
    SHARES
  • प्रचण्ड माधव समुहका अर्का दुई शक्तिशाली नेतासहित हजारौं कार्यकर्ता ओली समूहतिर लागे, भीम रावललाई ठूलो धक्का!

    काठमाडौं । दुई समूहमा विभाजित नेकपाभित्र आ-आफ्नो कित्ता क्लियर गर्ने क्रम चलिरहेको छ । नेता कार्यकर्ताहरु कोही केपी ओली समूहमा लागेका छन् भने कोही प्रचण्ड-माधव पक्षमा ।

    तटस्थ देखिएकाहरु पनि विस्तारै खुल्दै गएका छन् । कतिपय विगतमा एक गुट र अहिले अर्को गुटमा मिसिएका छन् । 

    यस्तोमा कञ्चनपुरमा प्रभावशाली नेता सुरेन्द्र विष्ट ओली समूहमा समाहित भएका छन् । कञ्चनपुरमा माधव नेपालको एक खम्बाका रुपमा चिनिने विष्ट अब भने ओली समूहतिर लागेका हुन् ।
     
    तत्कालीन नेकपा एमालेका जिल्ला सचिव समेत रहेका विष्ट हाल भीमदत्तनगर नगरपालिकाका मेयर हुन् । 

    कांग्रेस नेता रमेश लेखकको क्षेत्रका माधव नेपालका खम्बा विष्टले मेयर भइसकेपछि लोभलाग्दो विकास गरेका छन् । विकास निर्माणका काममा उनले लेखकलाई समेत मात खुवाएका छन् । 

    कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा उनको जनआधार बलियो बन्दै गइरहेको अवस्थामा पार्टी दुई समूहमा विभाजित हुँदा उनी ओली समूहतिर लागेका छन् । 

    प्रचण्ड-माधव समूहमा रहेका रमेश लेखकलाई हराउने यस क्षेत्रका निर्वाचित सांसद दीपकप्रकाश भट्ट भने विकास निर्माणको काममा हिसाबले कमजोर भूमिकामा छन् । उनको कमजोर पर्फमेन्सलाई लिएर यस क्षेत्रका जनता निराश छन् । यस्तोमा विष्टलाई रमेश लेखकको प्रतिद्धन्द्धीको रुपमा हेरिएको छ । 

    नेता विष्टलाई कञ्चनपुरमा विकास निर्माणका काममा एग्रेसिभ रुपमा लाग्ने नेताका रुपमा चिनिन्छ । भविष्यमा चुनाव जित्न सक्ने र पार्टीको राम्रो छवि बनाउने नेता विष्ट ओली समूहतिर लागेपछि यहाँ भीम रावललाई पनि धक्का लागेको छ । यस्तै नेता कार्यकर्ताको सहयोगमा सुदूरपश्चिममा एकछत्र राज गरेका, आफ्नो प्रभुत्व कायम गरेका रावललाई अब भने अफ्ठ्यारो अवस्था आउन सक्नेछ । साथै सुदूरपश्चिममा ओली समूह थप बलियो हुनेछ ।

    विष्ट ओली समूहमा लागेपछि काठमाडौं आएका छन् । उनी तीन अघि काठमाडौं आएका हुन् । आज उनले प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट सो समूहको आधिकारिक सदस्यडता लिनेछन् । उनलाई कञ्चनपुर जिल्लाको सचिवको जिम्मेवारी दिने तयारी छ । यसअघि जिल्ला अध्यक्ष रहेका पूर्वमाओवादी नेता वीरबहादुर थापा ‘पाताल’ समेत ओली समूहमा लागिसकेका छन् ।

    यसैगरी डडेल्धुराको अमरगढीका मेयर विपीन ओझा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपातिर खुलेका छन् । दुई जना मेयर थप आफ्नो पक्षमा खुलेपछि सुदूर पश्चिम प्रदेशमा नेकपा ओली समूह उत्साहित भएको छ । सुदूर पश्चिमका ८८ तहमध्ये ४८ तहमा नेकपाका प्रमुख थिए । 

    यतिबेला नेकपा ओली र नेकपा माधव प्रचण्ड समूहबीच स्थानीय तहमा कडा टक्कर छ । २३/२३ तहमा दुबै समूहमा प्रमुख छन् । उपाध्यक्ष तथा उपमेयर भने ओली समूहमा बढी छन् । दुई जना प्रमुख अझै खुलेका छैनन ।

    माघ २७, २०७७ मंगलवार १३:५१:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana