Logo

शनिवार, बैशाख ४ गते २०७८

'नेपाल र नेपालीकाे दीर्घकालीन हितमा ध्यान दिन' चिनियाँ विदेशमन्त्रीकाे आग्रह

'नेपाल र नेपालीकाे दीर्घकालीन हितमा ध्यान दिन' चिनियाँ विदेशमन्त्रीकाे आग्रह

नेपालपाना माघ २७ २०७७
  • 2.0K
    SHARES
  • 'नेपाल र नेपालीकाे दीर्घकालीन हितमा ध्यान दिन' चिनियाँ विदेशमन्त्रीकाे आग्रह

    काठमाडौं। पछिल्लो समय नेपालको राजनीतिक परिवेशमा चर्किएको विवादका विषयमा चिनियाँ विदेशमन्त्रीले नेपाल र नेपालीहरूको दीर्घकालीन र मौलिक हितमा ध्यान दिन राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

    नेपाल कम्युनिस्ट पार्टीको नाम नलिए पनि पार्टी नेताहरूलाई लक्षित गर्दै चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग यस्तो आग्रह गरेका हुन् । 

    गत शुक्रबार साँझ दुवै देशका विदेशमन्त्रीबीच टेलिफोनमा कुराकानी भएको थियो । सो क्रममा उनले नेपाललाई कोभिडविरुद्ध पाँच लाख डोज खोप दिने घोषणा गरेका थिए । त्यही सन्दर्भमा दुवै पक्षले नेपालको आन्तरिक परिस्थितिबारे विचार आदानप्रदान समेत गरेका छन् ।

    नेपालको राजनीतिक विषयमा, ‘एक मित्रवत् छिमेकीका रूपमा चीन अपेक्षा गर्छ कि नेपालमा सबै दलहरू र पक्षले देश र जनताको दीर्घकालीन र मौलिक हितलाई ध्यानमा राखेर आफ्नो विकास र समृद्धिका लागि अनुकूल परिस्थिति र वातावरण सिर्जना गर्नेछन् अनि विवाद समाधानका लागि साझा धरातल खोज्नेछन्, स्थिरता र एकता कायम गर्नेछन्,’ विदेशमन्त्री वाङलाई उद्धृत गर्दै चिनियाँ विदेश मन्त्रालयको वेबसाइटमा उल्लेख छ । 

    चिनियाँ विदेशमन्त्री वाङ यीले भनेका छन्,  ‘चीन अरू देशको आन्तरिक मामिलामा अहस्तक्षेपको नीति पालन गर्छ र नेपाली जनताद्वारा छानिएको विकासको मार्गलाई सम्मान गर्छ,’ वेबसाइटमा भनिएको छ । 

    शुक्रबार नेपालको परराष्ट्र मन्त्रालयले टेलिफोन संवादबारे जानकारी दिए पनि नेपालको आन्तरिक राजनीतिक अवस्थाबारे भएको छलफल उल्लेख गरेको थिएन । 

    माघ २७, २०७७ मंगलवार २०:५७:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल-चीन-सम्बन्ध

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana