Logo

आइतवार, मंसिर १२ गते २०७८

images

अब सरकारी अस्पतालमा मात्रै अब कोभिड-१९ को उपचार, पीसीआर परीक्षण शुल्क पनि घट्यो

अब सरकारी अस्पतालमा मात्रै अब कोभिड-१९ को उपचार, पीसीआर परीक्षण शुल्क पनि घट्यो

नेपालपाना माघ २८ २०७७
  • 6.8K
    SHARES
  • अब सरकारी अस्पतालमा मात्रै अब कोभिड-१९ को उपचार, पीसीआर परीक्षण शुल्क पनि घट्यो

    काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोभिड-१९ संक्रमित बिरामीको  उपचार सरकारी अस्पतालमा मात्रै हुने जनाएको छ । 

    त्यस्तै यसअघि सूचीकृत गरेका निजी अस्पताल तथा मेडिकल कलेजहरुमा भर्ना भई उपचार गरेकाहरूको हकमा भने आजको मितिले १० दिनभित्र मात्रै सोधभर्ना गर्ने मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीको उपस्थितिमा बुधबार मन्त्रालयमा बसेको आइसिएस कमाण्ड बैठकले कोभिडको उपचारका लागि सूचिकृत निजी अस्पताल तथा मेडिकल कलेजहरुको उपचार प्रक्रिया स्थगित गरेर सरकारी अस्पताललाई मात्रै जिम्मा दिने निर्णय गरेको हो ।

    बैठकले खोप अभियानको दोस्रो चरण आगामी २ फागुनबाट सुरु गर्ने निर्णय गरेको छ । त्यस्तै अब सरकारी प्रयोगशालामा पीसीआर गराउँदाको शुल्क १ हजार मात्रै लाग्ने समेत उनले जानकारी दिए ।  

    माघ २८, २०७७ बुधवार १९:१९:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana