Logo

आइतवार, मंसिर १२ गते २०७८

images

सभापति देउवाद्वारा निधनप्रति दुःख व्यक्त

सभापति देउवाद्वारा निधनप्रति दुःख व्यक्त

नेपालपाना माघ २८ २०७७
  • 9.2K
    SHARES
  • सभापति देउवाद्वारा निधनप्रति दुःख व्यक्त

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका पूर्वसांसद, पार्टीको कञ्चनपुर जिल्ला कार्यसमितिका पूर्वसभापति तथा ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य गङ्गादत्त जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    जोशीको कञ्चनपुरको महेन्द्रनगरमा हृदयघातबाट आज ८५ वर्षको उमेरमा निधन भएको हो ।
     
    सभापति देउवाले एक शोक वक्तव्यमार्फत जोशीको निधनको खबरले आफू निकै मर्माहत र स्तब्ध भएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना एवं शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । 

    नेता जोशीले लोकतन्त्र प्राप्तिको हरेक आन्दोलनमा खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताउँदै सभापति देउवाले उनको निधनले कांग्रेसले एक कर्मठ नेता गुमाएको उल्लेख गरेका छन् । 
     
    स्व जोशी उच्च रक्तचापबाट पीडित थिए । जोशीले पार्टीको विभिन्न पदमा रहेर पार्टी सङ्घठन निर्माण तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए ।

    माघ २८, २०७७ बुधवार १९:२३:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana