काठमाडौं । प्रध्यापक एवं राजनीतिक विश्लेषक अम्बरिश पोखरेलले नेपालको नयाँ राजनीतिक कोर्सको भविष्यवाणी गरेका छन् । राजनीतिक हुने उताचढावमा चाखलाग्दो अनुमान गर्दै आएका पोखरेलका व्याख्या ठ्याक्कै मिल्ने गरेका छन् । उनका विचारमा अब नेपालको नयाँ कोर्स १० कारणले अघि बढ्ने देखिन्छ ।
१. अन्तरिम नागरिक सरकार गठन हुन सक्ने सम्भावना बढेर गएको छ ।
२. राष्ट्रपति आगामी दुई वर्षको लागि झन् शक्तिशाली हुँदै ।
३. प्रचण्ड तथा माधव नेपाल समूह, नेका तथा तराई मधेस केन्द्रित दलहरु छिट्टै एउटै ठाउँमा रहेर, ओली सरकार विरुद्ध आन्दोलन गर्ने छन् (अहिले एकै ठाउँमा छैनन) ।
४. नम्बर तीन घनीभूत भए पछि मात्र, नम्बर एक अन्तर्गत नागरिक सरकारको गठन हुने छ । भूपू प्रधान न्यायाधीश (अस्तिका चार जना मध्ये) बाट नेतृत्व हुने सम्भावना देखियो ।
५. नागरिक सरकारले संसदीय चुनाव होइन, अन्य प्रकारको एजेण्डाहरुमा जनमत संग्रह गराउने झन् ठूलो सम्भावना रहेको देखिन्छ ।
६. संसदीय चुनावको लागि नागरिक सरकारको गठन गर्ने कुरा नै रहेन, यसै प्रस्ट देखिन्छ, होइन र ?
७. नयाँ अमेरिकन राष्ट्रपति जोन बाइडेन् भन्छन्, 'चिनियाँ राष्ट्रपति सि जिङ पिङ्ग को कुनै पनि हड्डीमा प्रजातन्त्र छैन' । यो कुरा नेपालसँग जोडेर हेरियो भने, रिङ बाहिर को को नेताहरु रहने, प्रस्ट देखिन्छ ।
८. त्यसैले, अन्तरिम नागरिक सरकार, राष्ट्रपति र नेपाली सेनाको भुमिका प्रमुख रहेको देखिन्छ, नयाँ कोर्सको लागि ।
९. नागरिक सरकारको गठन नेपाली सेनाको सिफारिसमा मात्र सम्भव हुने देखिदै छ । वा कम्तीमा पनि सेनाको सहमति बिना नयाँ सरकार गठन हुने देखिँदैन, हुँदैन पनि अहिलेको अवस्थामा ।
१०. यसरी के भन्न सकिन्छ भने, संसद पुनर्स्थापित भएर वा नभएर केही फरक पर्दैन आगामी दिनहरूमा नेपालले हिड्नु पर्ने नयाँ कोर्स तय भएको अवस्था छ ।