Logo

बिहिवार, फाल्गुण १३ गते २०७७

रुसी खोप स्पुत्निक–भी लाई २६ देशमा अनुमति

रुसी खोप स्पुत्निक–भी लाई २६ देशमा अनुमति

नेपालपाना माघ ३० २०७७
  • 947
    SHARES
  • रुसी खोप स्पुत्निक–भी लाई २६ देशमा अनुमति

    काठमाडौं। कोरोनाभाइरस विरुद्ध रुसमा विकास गरिएको खोप प्रयोगका लागि विश्वका २६ देशमा अनुमति दिइएको छ ।

    रूसी डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडिआइएफ) ले रुसी खोप स्पुत्निक–भी प्रयोगका लागि २६ देशले अनुमति दिएको शुक्रबार जनाएको छ । 

    “अहिलेसम्म विश्वका २६ देशका अधिकारीहरूले स्पुत्निक–भीको प्रयोगका लागि अनुमति दिइसकेका छन्,” आरडिआइएफद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । 

    यति धेरै देशहरुले कोरोनाविरुद्ध लड्नका लागि स्पुत्निक–भीको प्रयोग गर्न अनुमति दिइएकाले यो खोप विश्वकै धेरै लोकप्रिय खोप अन्तर्गत परेको अधिकारीहरूको भनाइ छ । 

    उनीहरूका अनुसार धेरै माग गरिएका मध्ये तेस्रो क्रममा स्पुत्निक–भी खोप परेको छ । 

    माघ ३०, २०७७ शुक्रवार १९:३८:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana