काठमाडौं। कोरोना भाइरसको माहामारीका कारण करिब १ वर्षदेखि बन्द रहेको रसुवागढी र तातोपानी नाका अझैं सञ्चालनमा आएको छैन् ।
चीनले आफ्नो समान नेपाल भने पठाइरहेको छ । तर, नेपाली सामान चीन पठाउँनमा रोक लगाएको छ ।
चीनले नाका बन्द गरेकै कारण केही महिनाअघि एक नोपली व्यापारीले घाटा भएका कारण आत्महत्या नै गरेका थिए । नाका बन्द हुँदा दर्जनौं नेपाली व्यापारीहरुले करोडौंको घाटा व्यहोरेका थिए ।
अहिले नेपाल–चीन आयात निर्यात हुने रसुवागढी र तातोपानी दुईवटा मात्रै नाका छन् । नेपाली सामान निर्यात हुँन नपाउँदा नेपाललाई ठूलो आर्थिक समस्या भएको छ ।
तर, सरकारीपक्षले समेत चीनसँग वार्ता गर्न नसक्दा निर्यातका लागि नाका खुल्न नसकेको हो । तर, निरन्तरको वार्तापछि पछिल्लो पटक आउँदो हप्तादेखि नाका पूर्णरुपमा सञ्चालन गर्ने आश्वासन चिनियाँ अधिकारीहरुले दिएका छन् ।
आगामी हप्तादेखि पूर्ण रुपमा तातोपानी नाका खुलाउने र त्यसपछि रसुवागढी नाका पनि पूर्ण रुपमा नै सञ्चालन गर्ने आश्वासन चीनले दिएको छ । तर, यो पटक पनि आश्वासनमै सिमित राख्यो भने व्यापारीहरुले दबाब बढाउँने संकेत गरेका छन् ।
नेपाली व्यवसायीहरुले भने चिनियाँ नाका बन्द हुँदा ठूलो मारमा परेको भन्दै विरोध गर्दै आएका छन् । उनीहरुले नाका पूर्णरुपमा सुचारु गर्न भन्दै विरोध गर्दै आएका छन् ।