Logo

बिहिवार, फाल्गुण १३ गते २०७७

चिनियाँ खोपमाथि गम्भीर आशंका, नेपाल नभित्र्याउने तयारीमा सरकार !

चिनियाँ खोपमाथि गम्भीर आशंका, नेपाल नभित्र्याउने तयारीमा सरकार !

नेपालपाना फाल्गुण १ २०७७
  • 2.4K
    SHARES
  • चिनियाँ खोपमाथि गम्भीर आशंका, नेपाल नभित्र्याउने तयारीमा सरकार !

    काठमाडौं। धेरै देशहरुले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने आश्वाशन दिएका छन् । 

    त्यसमध्ये भारतले सबैभन्दा पहिला नेपाललाई १० लाख डोज खोप उपलब्ध गराइसकेको छ ।

    भारतले खोप उपलब्ध गराएपछि चीनले पनि ३ लाख डोज खोप उपलब्ध गराउने भनेको छ । पछि २ लाख थपेर चीनले ५ लाख डोज खोप अनुदान दिने भएको छ ।

    चीनले भारतको सिको गर्न खोजे पनि आवश्यक कागजात नबुझाउँदा सिनोफार्मले उत्पादन गरेको खोप नेपालमा स्विकृत भएको छैन् ।

    नेपालमा राजनीतिक संकट चुलिदा चीनले एकाएक उग्ररुपमा नेपाल कम्युनिस्ट पार्टीमा आफ्नो सक्रियता बढाएको थियो । तर, कोरोना भाइरसको माहामारीले संकट चुलिदा भने चीन मौन बसेको छ ।

    चीनले ५ लाख डोज खोप दिने भने पनि खोपको सुरक्षा एवं प्रभावकारीताको उचित जानकारी सार्वजनीक नगर्दा खोपमाथि नै प्रश्न उठेको छ ।

    पाकिस्तानमा सिनोभ्याकको खोप १६ देखि ६० वर्ष उमेर सहुकाहरुमा मात्रै दिइएको थियो । यसले निकै नै साइड इफेक्ट देखाएको छ । पेरुमा पनि स्वास्थ्य समस्या दिएपछि चिनियाँ खोप दिन रोक लगाइएको छ । अर्काे कुरा चिनियाँ खोप भारतको भन्दा महँगो छ । जुन एक खोपको मूल्य नै साढे १९ अमेरिकी डलर छ ।

    चिनियाँ खोप ७९.३ प्रतिशत प्रभावकारी दाबी गरिएको छ । तर, चीनले खोपको परीक्षण सम्बन्धीको तथ्यांक सावैजनीक नगर्दा विभिन्न अन्तर्राष्ट्रिय जर्नलहरुमा खोपमाथि प्रश्न उठेको छ ।

    बेलायतले पनि भारतमा सेरम इन्सिट्युटबाट उत्पादीत खोप नेपामा उपलब्ध गराउने आश्वासन दिएको छ । त्यस्तै रुसले पनि स्पुतनिक खोप उपलब्ध गराउने भएको छ, तर, नेपाल सरकारले स्विकृती दिएको छैन् ।

    नेपालमा स्वीकृती पाएको एउटै मात्र खोप भारतमा उत्पादीत कोभिसिल्ड हो । जुन भारतको सेरम इन्सिच्युटले उत्पादन गरेको हो ।

    चीनले आफ्नो खोप प्रभावकारी र सुरक्षीत दाबी गरेपनि आवश्यक कागजात एवं तथयांक उपलब्द नगराउँदा खोपमाथि आशंका छ । चीनले नेपाललाई खोप किन्न लगाउन खोज्दा अनुदानको कुरा लुकाउँने गरेको छ । युनाईटेड अरब एमिरेट्स, बहराइन, पाकिस्तान र इजरायलमा चिनियाँ खोप प्रयोग भएपनि प्रभावकारीतमाथि प्रश्न उठेको छ ।

    परराष्ट्रमन्त्रालयले चिनियाँ खोपबारे पाएको तथ्यांक अनुसार यो खोप भण्डारणका लागि समेत चुनौती हुने देखिएको छ । 

    चीनले कोरोना भाइरविरुद्धको खोपलाई बिजनेस बनाउँन खोजेका कारण चीनलाई सबै मूलूकहरुले हेर्ने दृष्टिकोण फेर्न थालेका छन् । 

    उसोत चीनले आफ्नै प्रयोगशालामा नै कोरोना भाइरस बनाएको भनेर समेत चीनको आलोचना हुँदै आएको छ । चीनले नै पूरै विश्वलाई कोरोना भाइरसको संकटमा पारेको आरोप समेत छ ।

    नेपाललाई ५ लाख डोज खोप दिने भनेपनि यो खोपमाथि आशंका भएका कारण सरकारले लगाउने सम्भावना कम छ । विज्ञहरुले समेत चिनियाँ खोप नलगाउन भन्दै तर्क गर्न लागेको बताइएको छ ।

    फाल्गुण १, २०७७ शनिवार २०:५५:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana