Logo

शुक्रवार, मंसिर १६ गते २०७९

चीनको विस्तारवाद रोक्न नेपालमा रुसको प्रवेश, रेल सञ्चालनका लागि चाल्यो बिशेष पहल !

चीनको विस्तारवाद रोक्न नेपालमा रुसको प्रवेश, रेल सञ्चालनका लागि चाल्यो बिशेष पहल !

नेपालपाना फाल्गुण ३ २०७७
  • 12.2K
    SHARES
  • चीनको विस्तारवाद रोक्न नेपालमा रुसको प्रवेश, रेल सञ्चालनका लागि चाल्यो बिशेष पहल !

    काठमाडौं। रसियाले नेपालको रेल यातायातको  क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग उसले रेलको क्षेत्रमा लगानी गर्ने जनाएको हो । 

    नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मन्त्री नेम्वाङसँग शिष्टाचार भेटवार्ता गर्दै रेलको विस्तारमा लगानी गर्न सकिने बताएको हो । रुसी रेलवे कम्पनीका तर्फबाट मन्त्रालयमा आशयपत्र बुझाएको छ । 

    मन्त्री नेम्वाङले सोभियत युनियन विघटनपछि पछिल्लो समयमा दुई देशबीचमा समन्वय भएर कुनै काम नभए पनि सम्बन्ध सुमधुर रहेको बताए । 

    काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन र यातायात सहज बनाउन मेट्रो रेलको आवश्यकता रहेको उनले बताए । उनले हाल मेट्रो रेलको रेखाङ्कन, पूर्वसम्भाव्यता अध्ययन र केही खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारी भइसकेको बताउँदै यी दस्तावेज रुसी पक्षलाई उपलब्ध गराउन तयार रहेको उल्लेख गरे । 

    मन्त्री नेम्वाङले रुसी पक्षबाट विस्तृत प्राविधिक र आर्थिक प्रतिवेदन प्राप्त भएपछि थप छलफल गर्न तयार रहेको बताए । रसिया र अन्य विश्वको विभिन्न मुलुकमा रेलसम्बन्धी त्यहाँको प्रविधि उत्कृष्ट रहेको उल्लेख गर्दै नेपालको लागि समेत कोशेढुङ्गा हुने प्रतिनिधिमण्डलले बताएका थिए । 

    जापानले पहाडी क्षेत्रमा रुसी रेलवे प्रविधि अपनाएको उल्लेख गर्दै प्रतिनिधि मण्डलले नेपाललाई प्रविधि हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । 

    फाल्गुण ३, २०७७ सोमवार २०:४९:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा
  • # नेपाल-चीन-सम्बन्ध

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend