एजेन्सी। क्युवाले आफ्नै देशमा कोरोना भाइरविरुद्धको खोप बनाएर केही साताभित्रै दशौं हजारमा परीक्षण गर्ने भएको छ ।
फिन्ले इन्स्टिच्युट अफ भयाक्सिनका निर्देशक डाक्टर भिसेन्ट भेरेज बेन्कोमोले सोबेराना नाम दिइएको यो खोपको पहिलो चरणको परीक्षण प्रभावकारी देखिएको बताएका छन् ।
क्युवा सरकारले यस वर्षको अन्त्यसम्म सबै नागरिकलाई खोप लगाउने आशा राखेको छ ।
क्युवाले २०२१ मा १० करोड डोज उत्पादन गर्ने योजना बनाएको छ । क्युवासँग बायोटेक्नोलोजी र इम्युनोलोजीमा ३० वर्षभन्दा लामो अनुभव छ ।
१९८० को अन्त्यमा क्युवाका वैज्ञानिकहरुले पहिलो मेनिंगिटिस बी खोप बनाएका थिए, त्यसपछि दशकौं लामो अमेरिकी नाकाबन्दीको विकल्प समेत खोज्ने सोचका साथ तत्कालीन नेता फिडेल क्यास्ट्रोले फिन्ले इन्स्टिच्युटको उद्घाटन गरेका थिए