Logo

सोमवार, आश्विन १७ गते २०७९

चीनमा करोडौंको 'नक्कली कोरोना खोप' धन्दा, पक्राउ परेपछि खुल्यो रहस्य

चीनमा करोडौंको 'नक्कली कोरोना खोप' धन्दा, पक्राउ परेपछि खुल्यो रहस्य

नेपालपाना फाल्गुण ४ २०७७
  • 14.0K
    SHARES
  • चीनमा करोडौंको 'नक्कली कोरोना खोप' धन्दा, पक्राउ परेपछि खुल्यो रहस्य

    काठमाडौं। चीनमा सलाइन र मिनिरल वाटर मिसेर कोरोना भाइरसविरुद्धको नक्कली खोप बनाएर लाखौं डलरको घोटालाका एक व्याक्ति पक्राउ परेका छन् ।

    कोंग नाम गरेका ती व्याक्तिले वास्तवि कोरोनाविरुद्धको खोप कसरी प्याकिङ हुन्छ भनी रिसर्च गरेका थिए । त्यसपछि उनले सलाइन र मिनिरल वाटर मिसेर नक्कली खोप बनाइ ५८ हजारभन्दा बढी डोज बेचेको खुलेको छ ।

    ती नक्कली खो कहाँ कहाँ पठाइयो भनेर खुलेको छैन् । गत वर्षको अगस्तदेखि नै चीनमा नक्कली खोप बनाएर बेच्ने गरेको खुलेको छ । चीनले यस्तो धन्दामा लागेका ७० जनालाई पक्राउ गरिसकेको छ ।

    नक्कली खोप बजारमा पठाएर कोंग नाम गरेका यी व्याक्तिले करिब २४ करोड नेपाली रुपैयाँ कमाइसकेको बीबीसीमा जनाइएको छ ।

    गत नोभेम्बरमा हङकङमा यस्तै नक्कली खोपको ६०० डोज पठाइएको थियो । अन्य कुनकुन मुलुकमा यस्तो खोप पुग्यो भन्नेबारे कुनै जानकारी मिलेको छैन् ।

    फाल्गुण ४, २०७७ मंगलवार १९:२७:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल-चीन-सम्बन्ध

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend