Logo

आइतवार, जेठ २ गते २०७८

'आइपीएलमा छनोट भएनन् सन्दीप'

'आइपीएलमा छनोट भएनन् सन्दीप'

नेपालपाना फाल्गुण ६ २०७७
  • 4.6K
    SHARES
  • 'आइपीएलमा छनोट भएनन् सन्दीप'

    काठमाडौं। सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने छनोटमा पर्न असफल भएका छन् । भारतको चेन्नईमा आइपीएलको आज भएको अक्सनमा लामिछाने ‘अनसोल्ड’ भएका हुन् ।

    आइपीएलमा लामिछानेले आफ्नो न्यूनतम अनुबन्धित मूल्य ४० लाख भारतीय रुपैयाँ राखेका थिए । उनलाई अनुबन्ध गर्न आइपीएलको कुनै पनि टोलीले रुचि देखाएनन् । लामिछानेले पहिलो पटक सन् २०१८ मा दिल्लीबाट आइपीएल खेलेका थिए। 

    उनी त्यो बेला २० लाख भारतीय रुपैयाँमा अनुबन्ध भएका थिए । सन् २०१९ र सन् २०२० मा  दिल्लीको टोलीमा रहनुभएका लामिछानेलाई फुकुवा गरेपछि उनी यस पटक अक्सनमा सहभागी भएका थिए ।

    फाल्गुण ६, २०७७ बिहिवार २०:५३:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद्

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana