नुवाकोट। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लगातार बोलिरहेका छन् । आन्दोलन चर्काउन सभापति शेरबहादुर देउवालाई दबाब दिइरहेका छन् ।
तर, देउवा अदालतलाई क्रस गरेर जान नसकिने भन्दै साइलेन्ट छन् । देउवा इतरका नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला, गगन थापाहरु ओलीविरुद्ध मात्र एकतर्फीमा रुपमा आक्रामक देखिइहरेका बेला देउवाले मुख खोलेका छन् ।
देउवाले संसद पुनर्स्थापनाको पक्षमा उभिएका नेताहरुलाई प्रचण्डविरुद्ध बोल्न डराएको टिप्पणी गरेका छन् । नुवाकोटमा शुक्रवार देउवाले यस्तो टिप्पणी गरेका हुन् ।
आफूले कम्युनिस्ट पार्टीको शासन आएपछि रुन पनि पाइने छैन भनेको स्मरण गर्दै देउवाले भने, ‘आज बल्ल साथीहरु ओलीको खिलापमा बोल्न सक्ने भएछन् । प्रचण्डको खिलापमा बोल्न डराउँछन् अझै यहाँ । प्रचण्डको नाम नै लिन सक्दैनन् विचराहरु ।’