Logo

बिहिवार, फाल्गुण १३ गते २०७७

कोरोना विरुद्धको खोपलाई लिएर पाकिस्तानमा पनि हुँदैछ भारतीय प्रधानमन्त्री मोदीको जय जयकार!

कोरोना विरुद्धको खोपलाई लिएर पाकिस्तानमा पनि हुँदैछ भारतीय प्रधानमन्त्री मोदीको जय जयकार!

नेपालपाना फाल्गुण ९ २०७७
  • 1.2K
    SHARES
  • कोरोना विरुद्धको खोपलाई लिएर पाकिस्तानमा पनि हुँदैछ भारतीय प्रधानमन्त्री मोदीको जय जयकार!

    काठमाडौं । भारत र पाकिस्तान भन्ने वित्तिकै सबैको साझा बुझाई छ, दुई शत्रुतापूर्ण सम्बन्ध भएका मुलुकहरु ।

    हुन पनि हो, यी दुई मुलुकका जनताले एक अर्काे देशलाई राम्रो नजरले हेर्दैनन् ।

    त्यसमा पनि मुस्लिम देश पाकिस्तान त हिन्दु धर्मप्रति यति धेरै नकारात्मक छ कि मन्दिर देख्यो कि भत्काउने र आगजनी गर्ने ।

    पाकिस्तानमा पछिल्ला समय हिन्दु धर्मावलम्बीलाई अपमान गर्ने, आक्रमण मात्र नभएर मन्दिर भत्काउने काम निरन्तर भइरहेका छन् ।

    भारत हिन्दु बाहुल्य मुलुक । त्यसमा पनि हिन्दुत्वलाई प्राथमिकता दिने भारतीय जनता पार्टी सरकारमा ।

    तर पछिल्ला दिनमा पाकिस्तानी जनता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जयजयकार गरिरहेका छन् ।

    उनीहरु भारतको चामत्कारीक कार्यको सार्वजनिक रुपमै खुलेर प्रशंसा नै गरिरहेका छन् ।

    सधैं भारतविरुद्ध गलत र भ्रम मात्रै ओकल्ने पाकिस्तानी सञ्चारमाध्यममा हिजो आज भारत र मोदीको खुलेर प्रशंसा सुन्न पाइन्छ ।

    पाकिस्तानमा भारतको प्रशंसा हुनुको एउटै कारण हो, कोरोनाविरुद्धको खोप ।

    कोरोनाले विश्वभर आतंक मच्चाइरहेका बेला सबैको ध्यान युरोप, अमेरिकातिर थियो ।

    उनीहरुले कोरोना खोप कहिले ल्याउलान् र कोरोनाबाट मुक्ति पाइएला भन्ने सोच संसारभरका नागरिकको थियो ।

    तर भारतले विश्वलाई नै अचम्मित पार्ने गरी सबैभन्दा अगाडि कोरोनाविरुद्धको खोप उत्पादन मात्रै गरेन, बजारमा आपतकालीन प्रयोगका लागि अनुमति पनि पायो ।

    अहिले विश्वका शक्तिशाली मुलुकले भारतसँग कोरोना खोप सहयोगका लागि याचना गरिरहेका छन् ।

    भारत यतिबेला कोरोनाविरुद्धको खोप निर्यात गर्ने मुलुकमध्ये अग्रणी बनेको छ ।

    विश्व स्वास्थ्य संगठनले भारतले उत्पादन गरेको कोरोना खोपलाई मान्यता दिएपछि धेरै देशहरु भारततर्फ हेरिरहेका छन् ।

    भारतले उत्पादन गरेको कोरोना खोप प्रभावकारी भएको तथ्य प्रमाणित भइसकेको छ ।

    भारतकै कारण दक्षिण एसियाली मुलुकले कोरोना खोप प्रयोग गरिरहेका छन् ।

    विश्वका शक्तिशाली मुलुकले कोरोना खोपको प्रतिक्षा गरिरहेका बेला नेपाल, भुटान, श्रीलंका, बंगलादेशजस्ता मुलुकका नागरिकले कोरोना खोप लगाउन थालेका छन्।

    चीनले पनि कोरोना खोप उत्पादन गरेको छ ।

    तर विश्व स्वास्थ्य संगठनले चीनियाँ खोपलाई मान्यता दिएको छैन । जसका कारण चिनियाँ खोपप्रति अन्तर्राष्ट्रिय जगत ढुक्क छैन ।

    फाल्गुण ९, २०७७ आइतवार ०९:४०:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना खोप

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana