Logo

बुधवार, कार्तिक ३ गते २०७८

images

संसद विघटन विरुद्ध आन्दोलन चर्काउन रामचन्द्र पौडेललाई कहाँबाट आयो पैसा? यस्तो छ चिनियाँ कनेक्सन !

संसद विघटन विरुद्ध आन्दोलन चर्काउन रामचन्द्र पौडेललाई कहाँबाट आयो पैसा? यस्तो छ चिनियाँ कनेक्सन !

नेपाल पाना फाल्गुण ९ २०७७
  • 11.2K
    SHARES
  • संसद विघटन विरुद्ध आन्दोलन चर्काउन रामचन्द्र पौडेललाई कहाँबाट आयो पैसा? यस्तो छ चिनियाँ कनेक्सन !

    काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा चर्को रुपमा उफ्रिरहेका छन् वरिष्ठ नेता रामचन्द्र पौडेल । पटक पटक प्रधानमन्त्री हुन असफल, चुनावमा पनि जित्न असफल पौडेल अहंकार भने सधै जितिरहने नेताजस्तो गर्छन् । सिंगो पार्टी नेतृतवले ‘अदालतको सम्मान गर्नुपर्छ, जे निर्णय गर्छ मान्नुपर्छ’ भनिरहेका बेला पौडेलको कम्युनिस्ट पाराको चुरिफुरी अस्वभाविक छ । 

    यसका पछाडि प्रचण्ड-नेपाल समूहले भेटेर पुनर्स्थापना भए राष्ट्रपति बनाउने व्यक्तिगत स्वार्थ जोडिएको कुरा त यसअघि नै आइसकेको छ । अर्को एउटा रहस्य भने बाहिर आएको छैन । यसका लागि अहिलेको पृष्ठभूमिमा जानकार हुन आवश्यक छ । 
     
    अहिले कांग्रेसभित्र पैसाको चर्चा छ । सभापति शेरबहादुर देउवाले आन्दोलन गर्न पैसा छैन भन्दै यथार्थ बोलेका छन् । ‘सडकमा जुलुस ल्याएर न्याय पाइँदैन, हामीसित पैसा पनि छैन । ठाउँ/ठाउँमा जुलुस पुर्यााउन पनि सक्दैन । जुलुसकै आधारमा फैसला गर्ने हो भने न्यायालय किन चाहियो ? जुलुसमा कति मान्छे आए भनेर हुन्छ ? त्यत्रो जुलुस ल्याउन हामीसित पैसा पनि छैन,’ देउवाले नेपाल राष्ट्रिय मगर संघको पोखरामा भएको गण्डकी प्रदेश सम्मेलनमा बोल्दै भनेका थिए । देउवाले कांग्रेसका क्रियाशील सदस्य आन्दोलनमा बोलाए पनि नआउने दाबी गरे, ‘हाम्रा क्रियाशील आउँदा पनि आउँदैनन्, क्रियाशील दिने बेला मारामार हुन्छ,’ उनले भने, ‘क्रियाशील आउँदा पनि आउँदैनन् । चुनावमा क्रियाशील सबैलाई चाहिन्छ।’

    सभापतिको काउन्टरमा पौडेल पनि कडै बोलिरहेका छन् । सुनसरी पुगेर पौडेलले पैसा छैन भन्नु बेकारको कुरा भएको बताए । 'यो पैसाले गर्ने हो त जुलुस, सभा सम्मेलन, आन्दोलन ? पार्टीले आह्वान गर्ने हो । कार्यकर्ता र जनता आपसेआफ आउँछन्। नेतृत्वमात्र गर्ने हो। पैसा कहीं चाहिन्छ? यो बेकारको कुरा हो,' पौडेलले भने ।

    यसरी आन्दोलनसँग पैसा जोडिएर आउँदा वरिष्ठ नेता पौडेलको चिनियाँ कनेक्सनबारे नयाँ खुलासा भएको छ । अहिले प्रचण्ड र माधवको आन्दोलनमा चिनियाँ पक्षको ठूलो समर्थन रहेको बताइन्छ । चिनियाँ आर्थिक, भौतिक नैतिक समर्थन पाएको आन्दोलन कांग्रेसले साथ नदिँदा निर्णायक भने हुन सकेको छैन । रामचन्द्र पौडेल दिनदिनै आक्रामक हुँदै गएका छन् । 

    पौडेल आक्रामक हुनुमा उनका छोरा चिन्तन पौडलको समेत भूमिका रहेको बुझिएको छ । पौडेलले युवा सजगता अभियान नामक एनजिओ चलाएका छन् । देशभरका विभिन्न जिल्लाहरूमा संगठन विस्तार गरेको यो संगठनलाई अहिले संसद पुनर्स्थापनाको मिसनका चीनले फण्डिङ गरेको खुलेको छ । संसद पुनर्स्थापनाका लागि आन्दोलन चर्काउन, प्रधानमन्त्री ओलीको विरोध गर्न, कांग्रेस नेतृत्वलाई समेत आन्दोलनका लागि दबाब दिन चीनबाट फण्डिङ आएको हो । 

    संस्था स्रोतका अनुसार करोडौं रुपैयाँ यो मिसनका लागि चीनबाट प्राप्त भएको छ । छोराले पैसा लिँदा दबाबमा परेका पौडेल पनि आक्रामक रुपमा पुनर्स्थापनाको पक्षमा उत्रिएका छन् । अर्कोतिर उनलाई राष्ट्रपतिको ललिपप पहिले नै प्रचण्ड माधवले दिइसकेका छन् । 

    पुनर्स्थापना भए यो प्रस्तावमा चीन पनि सकारात्मक रहेको बुझिएको छ । रामचन्द्रको नाटकीय आक्रामकतालाई देउवा र ओलीले राम्रोसँग बुझेर नियालिरहेका छन् ।

    फाल्गुण ९, २०७७ आइतवार १५:१५:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रामचन्द्र पाैडेल

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana