काठमाडौँ। काँग्रेस नेताको धम्की पछि बलिउड मेगास्टार अमिताभ बच्चनले आफ्नो बङ्गला 'जलसा' मा सुरक्षा बढाएका छन् । उनको बङ्गला 'जलसा' को सुरक्षामा मुम्बई पुलिस खटाइएको छ ।
अमिताभ बच्चनको घरको बाहिर मुम्बई पुलिस ठुलो सङ्ख्यामा देखिएको तस्बिर र भिडियोहरू सोसल मिडियामा एकदमै भाइरल भइरहेको छ।
हालै महाराष्ट्र प्रदेश काँग्रेसका अध्यक्ष नाना पटोलेले अभिनेतालाई मुम्बईमा सुटिङ गर्न नदिने धम्की दिएका थिए। वास्तवमा, काँग्रेस नेता नाना पटोलेले अमिताभ बच्चन र अक्षय कुमारको आलोचना गर्दै भनेका थिए, ' जो व्यक्ति मनमोहन सरकारको विरुद्ध ट्विट गर्थे । आज नरेन्द्र मोदी सरकारको तानाशाही देखेर पनि मौन छन्।'
साथै नाना पटोलेले अमिताभ बच्चन र अक्षय कुमारको कुनै पनि फिल्मको शूटिंग हुने नदिने स्पष्ट भनेका छन् ।
नाना पटोलेले अमिताभमाथि शब्द प्रहार गरेसँगै अमिताभले मुम्बई प्रहरीलाई उनको घर बाहिर हुने कुनै पनि प्रदर्शनलाई रोक्नको लागि तैनाथ गरेका छन्।