काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई मनाउन लगभग सफल हुने स्थितीमा पुगेका छन् ।
प्रधानमन्त्री ओलीले दुतका रुपमा पूर्व माओवादी एक मन्त्रीलाई खटाएका छन् । स्रोतका अनुसार ती मन्त्रीले चाँडै नै निश्कर्षमा पुग्ने स्थिती बनेको बताएका छन् ।
विप्लवका तर्फबाट केही दिनमै वार्ता टोली तयार हुने बुझिएको छ । सरकारले पनि वार्ताको वातावरण बनाउन विप्लवमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ ।
सम्भवत आगामी मन्त्रिपरिषद बैठकबाट प्रतिबन्ध हटाइनसक्छ । विप्लव पक्षले अनौपचारिक वार्तामा आफ्ना नेता तथा कार्यकर्तालाई निशर्त थुनामुक्त गर्नुपर्नेलगायतको प्रस्ताव गरेको छ ।