Logo

बिहिवार, फाल्गुण १३ गते २०७७

सैन्य हवाइजहाज दुर्घटना, विमानमा सवार सबै मारिएको आशङ्का !

सैन्य हवाइजहाज दुर्घटना, विमानमा सवार सबै मारिएको आशङ्का !

नेपालपाना फाल्गुण ९ २०७७
  • 1.3K
    SHARES
  • सैन्य हवाइजहाज दुर्घटना, विमानमा सवार सबै मारिएको आशङ्का !

    काठमाडौं। नाइजेरियाको राजधानी अबुजाको विमानस्थलमा आइतबार सैनिक विमान दुर्घटना भएको छ । उक्त विमानमा सवार सबै यात्रु जीवित रहनसक्ने आशा निकै कम रहेको स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा आएका समाचारहरूमा बताइएको छ ।

    विमान दुर्घटनाको पुष्टि गर्दै उड्डयन मन्त्री हदी सिरिकाले आफ्नो आधिकारिक ट्वीटरमार्फत दुर्घटनाको पुष्टि गरेकाछन् । उनले भने, “सैनिक विमान किङ एअर ३५० अबुजाबाट मिएनाका लागि छुट्दासाथ अबुजा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ ।

    सिरिकाले भने, “दुर्घटना भयानक बताइएको छ । हामी शान्त रही सेनाको अनुसन्धानको नतिजाको लागि पर्खनु पर्छ साथै यस घडीमा हामी सबैले पीडितहरूको लागि प्रार्थना गरौँ ।”

    फाल्गुण ९, २०७७ आइतवार १९:२२:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana