Logo

बिहिवार, फाल्गुण १३ गते २०७७

आधिकारीक रुपमा नेकपा फुट्नेबारे ओलीपक्षबाट घोषणा !

आधिकारीक रुपमा नेकपा फुट्नेबारे ओलीपक्षबाट घोषणा !

नेपालपाना फाल्गुण ९ २०७७
  • 3.2K
    SHARES
  • आधिकारीक रुपमा नेकपा फुट्नेबारे ओलीपक्षबाट घोषणा !

    काठमाडौं। अहिलेसम्म नेकपा विभाजित भएपनि आधिकारीक रुपमा फुटेको भने छैन् । यस्तोमा नेपाल कम्युनिस्ट पार्टी नेकपा ओलीपक्षकी कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले नेकपा फुट्ने संकेत गरेकी छन् ।

    आइतबार गण्डकी र लुम्बिनी प्रदेश जोड्ने सडक कालोपत्रेको शुभारम्भ गर्दै मन्त्री अर्यालले पार्टी फुट्ने कुरा निकालेकी हुन् ।

    उनले भननिन् ‘पहिलो कुरा नेकपा फुटेको छैन । पार्टी विभाजन र एकता कुनै नौलो होइन । इतिहासको पुनरावृत्ति हो’, मन्त्री अर्यालले भनिन्, ‘यसलाई व्यवस्थित ढङ्गले लैजान सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष लाग्नुभएको छ ।’ 

    अहिलेको नेकपा घटनालाई व्यवस्थापन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली प्रतिबद्ध भएर लागिरहेको मन्त्री अर्यालको भनाई थियो ।

    निर्वाचनमा मुलुक अगाडि बढिसकेको भन्दै उनले पार्टी औपचारिक रुपमा नफुटेको र एउटै रहेको बताइन । उनले भनिन्,‘प्रधानमन्त्रीले आग्रह गरिरहनुभएको छ । मुलुक निर्वाचनमा अगाडि बढिसक्यो, आउनुस मिलौं निर्वाचनमा जाऔं, अब सडकमा होइन निर्वाचनमा तयारीमा लागौं ।’

    फाल्गुण ९, २०७७ आइतवार १९:३०:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana