Logo

बिहिवार, फाल्गुण १३ गते २०७७

सुध्रिएनन् प्रचण्ड, सत्ताका लागि भारतसँग हारगुहार, समर्थन माग्दै मोदीको शरणमा

सुध्रिएनन् प्रचण्ड, सत्ताका लागि भारतसँग हारगुहार, समर्थन माग्दै मोदीको शरणमा

Nepal Pana फाल्गुण १० २०७७
  • 12.1K
    SHARES
  • सुध्रिएनन् प्रचण्ड, सत्ताका लागि भारतसँग हारगुहार, समर्थन माग्दै मोदीको शरणमा

    काठमाडौं । नेकपा दाहाल-नेपाल समूह अहिले विदेशीको समर्थन खोजिरहेको छ । विदेशी हस्तक्षेपको सशक्त विरोध गर्दै आएका यो समूहका नेताहरु अहिले आएर विदेशीहरुको साथ खोजिरहेका छन् । केपी ओलीको सत्ता ढाल्न र आफू सत्ताको सिँढीमा उक्लिन खासगरी प्रचण्डले बारम्बार विदेशीलाई गुहारिरहेका छन् । ओलीको कदमलाई प्रतिगामी भनेर प्रचण्ड सत्तामा जान हतारो देखिन्छन् । त्यसका लागि विदेशी साथ खोजिरहेका छन् । हुन त प्रचण्डले १२ बुँदे समेत भारतमै गराएका थिए । जनयुद्धको पृष्ठभूमिले गर्दा उनलाई धेरैले अहिले पनि भारतकै ‘आदमी’ भनेर आलोचना गर्छन् । 

    यस्तोमा पछिल्लो समय प्रचण्डले सबैभन्दा बढी साथ भारतकै खोजेका छन् । ओलीविरुद्ध आन्दोलन सशक्त हुन नसकेपछि प्रचण्ड विदेशी गुहार्दै हिँडिरहेका छन् । 
    प्रचण्डले सुरुमा गत माघ २८ गते काठमाडौंमा आयोजित आमसभाबाट विदेशी गुहारेका थिए, ‘सबै अन्तर्राष्ट्रिय हाम्रा मित्रदेशहरु, खासगरी हाम्रा छिमेकी, संसारकै सबभन्दा ठूलो हाम्रो लोकतन्त्र भन्ने छिमेकीबाट यो बेलामा हामीले सबै संसारभरिका लोकतान्त्रिक मूल्य मान्यता राख्नेहरुबाट सहयोग र सदभाव चाहेका छौं । दायाँ–बायाँ हुने छैन भन्ने भरोसामा छौं हामी ।’
    त्यसपछि उनले विदेशी पत्रकार बोलाएर समर्थन मागे । भन्नलाई लोकतन्त्रलाई जोगाउन समर्थन भने पनि उनी सत्तामा जान समर्थन खोजिरहेका छन् । 

    त्यसपछि आइतवार उनले अनलाइनखबरसँगको अन्तर्वार्तामा पनि ओलीले चालेको कदमलाई भारतजस्तो लोकतान्त्रिक देशले समर्थन नगर्नुपर्ने र आफूहरुलाई गर्नुपर्ने माग गरेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा भारतले विगतदेखि नै साथ सहयोग दिँदै आएको स्मरण गर्दै आफूहरुलाई पनि भारतले साथ दिनुपर्नेको आशय थियो । लोकतान्त्रिक देशहरुले पनि साथ दिने उनको झिनो आशा छ । तर त्यस्तो देखिएको छैन । 

    प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कोरोना रोकथाममा गरेको सहयोगप्रति धन्यवाद दिँदै आफ्नो लोकतन्त्रिक आन्दोलनको पक्षमा उभिइदिन अनुरोध गरेका छन् । विगतमा भारतले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दा परिणाम के भयो भन्ने छर्लङ्ग हुँदाहुँदै प्रचण्ड फेरि भारतको शरणमा पुगेका छन् । उल्टै ओलीको राष्ट्रवादी सरकारमाथि प्रश्न उठाउँदै विदेशी भित्र्याउन आन्दोलन पनि गरिरहेका छन् ।

    फाल्गुण १०, २०७७ सोमवार ०८:३२:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana