काठमाडौं । उत्तरी छिमेकी चीनबाट कोरोना भाइरसविरुद्धको खोप ल्याउने तयारी भइरहेको छ । चीनले ५ लाख डोज दिने भनेको छ । तर खोपको गुणस्तरीयतामाथि प्रश्न उठेको छ । यसअघि चीनको स्वास्थ्य सामग्री खरीदमै प्रश्न उठेको थियो । तिब्बतबाट त गुणस्तरहीन स्वास्थ्य सामग्री आएपछि फिर्ता पठाइएको थियो ।
अहिले चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप ल्याउन पी एण्ड जी कम्पनीले बढी चासो देखाएको छ । यो कम्पनीका मालिक हुन् विशाल पण्डित । जसको पृष्ठभूमि राम्रो छैन । उनी प्रख्यात मेडिकल माफियाका रुपमा चिनिन्छ । मेडिकल मात्रै होइन होटल व्यवसायी पनि हुन् विशाल ।
औषधि व्यवस्था विभाग स्रोतका अनुसार विशालले चिनियाँ कम्पनीसँग मिलेर कमिसनका लागि गुणस्तरहीन भ्याक्सिन नेपाल ल्याउने षडयन्त्र गरिरहेका छन् । साथै विभागका महानिर्देशकलाई समेत करौडौं रुपैयाँमा सेटिङ मिलाएका छन् । विभागले विशालको कम्पनीलाई कागजात नपुगेको भन्दै बुझाउन चिठ्ठी समेत लेखेको छ । अर्थात यो कम्पनीको औषधि ल्याउन मापदण्ड नपुग्ने देखिन्छ । तर विभागका महानिर्देशक सहित कर्मचारी र नेतृत्वलाई विशालले पैसाको खोलो बगाएर सेटिङ मिलाएका छन् ।

चीनले उत्पादन गरेको खोपको गुणस्तरमाथि प्रश्न उठेका बेला चीनभित्रै अन्य कम्पनीले पनि सोही खोपको नक्कल गरेर गुणस्तरहीन खोप बनाएको खबरहरु पनि आएका छन् । यस्तो बेला मेडिकल माफिया विशालको कम्पनीले सबैतिर सेटिङ मिलाएर कस्तो खोप भित्र्याउला भन्ने आशंका उब्जिएको छ ।
गरिब निमुखा जनताको लागि चीनले दिने भनिएको खोप नै जनतालाई मुर्ख बनाउने गरी र आफ्नो दुनो सोझ्याउने गरी कमिसनबाट पैसा कमाउनका लागि विशालको कम्पनीले चलखेल गरिरहेको विभाग स्रोतबाट बुझिएको छ ।
स्वास्थ्य मन्त्री हृदेयश त्रिपाठीले केही दिनअघि खोप ल्याउन निजी कम्पनीका लागि पनि खुला गरेका थिए । तर गुणस्तरीयता र विश्वसनीयतामा प्रश्न उठेको छ । त्यसमाथि मेडिकल माफिया नै संलग्न हुँदा आशंका बढेको हो ।
भारतमा १० लाख डोज कोभिसिल्ड खोप आएर धेरै नेपाली लगाइसकेका बेला चिनियाँ खोप भने शंकाको घेरामा परेको हो । भारतबाट हिजोमात्रै थप १० लाख डोज नेपाल आएको छ । भारतको खोपलाई विश्वव्यापी मान्यतासहित नेपालमा पनि सफल रुपमा कार्यान्वयन भइरहेको छ ।
अरु देश बेलायत, रुसबाट पनि खोप आउने भनेको छ । तर उत्तरी छिमेकीको खोप सुरु देखि नै विवादमा परेको हो। अहिले ल्याउने प्रक्रिया पनि विवादित बनेको हो ।

चिनियाँ खोपमाथि गम्भीर आशंका, नेपाल नभित्र्याउने तयारीमा सरकार
धेरै देशहरुले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने आश्वाशन दिएका छन् ।
त्यसमध्ये भारतले सबैभन्दा पहिला नेपाललाई १० लाख डोज खोप उपलब्ध गराइसकेको छ ।
भारतले खोप उपलब्ध गराएपछि चीनले पनि ३ लाख डोज खोप उपलब्ध गराउने भनेको छ । पछि २ लाख थपेर चीनले ५ लाख डोज खोप अनुदान दिने भएको छ ।
चीनले भारतको सिको गर्न खोजे पनि आवश्यक कागजात नबुझाउँदा सिनोफार्मले उत्पादन गरेको खोप नेपालमा स्विकृत भएको छैन् ।
नेपालमा राजनीतिक संकट चुलिदा चीनले एकाएक उग्ररुपमा नेपाल कम्युनिस्ट पार्टीमा आफ्नो सक्रियता बढाएको थियो । तर, कोरोना भाइरसको माहामारीले संकट चुलिदा भने चीन मौन बसेको छ ।
चीनले ५ लाख डोज खोप दिने भने पनि खोपको सुरक्षा एवं प्रभावकारीताको उचित जानकारी सार्वजनीक नगर्दा खोपमाथि नै प्रश्न उठेको छ ।
पाकिस्तानमा सिनोभ्याकको खोप १६ देखि ६० वर्ष उमेर सहुकाहरुमा मात्रै दिइएको थियो । यसले निकै नै साइड इफेक्ट देखाएको छ । पेरुमा पनि स्वास्थ्य समस्या दिएपछि चिनियाँ खोप दिन रोक लगाइएको छ । अर्काे कुरा चिनियाँ खोप भारतको भन्दा महँगो छ । जुन एक खोपको मूल्य नै साढे १९ अमेरिकी डलर छ ।
चिनियाँ खोप ७९.३ प्रतिशत प्रभावकारी दाबी गरिएको छ । तर, चीनले खोपको परीक्षण सम्बन्धीको तथ्यांक सावैजनीक नगर्दा विभिन्न अन्तर्राष्ट्रिय जर्नलहरुमा खोपमाथि प्रश्न उठेको छ ।
बेलायतले पनि भारतमा सेरम इन्सिट्युटबाट उत्पादीत खोप नेपामा उपलब्ध गराउने आश्वासन दिएको छ । त्यस्तै रुसले पनि स्पुतनिक खोप उपलब्ध गराउने भएको छ, तर, नेपाल सरकारले स्विकृती दिएको छैन् ।
नेपालमा स्वीकृती पाएको एउटै मात्र खोप भारतमा उत्पादीत कोभिसिल्ड हो । जुन भारतको सेरम इन्सिच्युटले उत्पादन गरेको हो ।
चीनले आफ्नो खोप प्रभावकारी र सुरक्षीत दाबी गरेपनि आवश्यक कागजात एवं तथयांक उपलब्द नगराउँदा खोपमाथि आशंका छ । चीनले नेपाललाई खोप किन्न लगाउन खोज्दा अनुदानको कुरा लुकाउँने गरेको छ । युनाईटेड अरब एमिरेट्स, बहराइन, पाकिस्तान र इजरायलमा चिनियाँ खोप प्रयोग भएपनि प्रभावकारीतमाथि प्रश्न उठेको छ ।
परराष्ट्रमन्त्रालयले चिनियाँ खोपबारे पाएको तथ्यांक अनुसार यो खोप भण्डारणका लागि समेत चुनौती हुने देखिएको छ ।
चीनले कोरोना भाइरविरुद्धको खोपलाई बिजनेस बनाउँन खोजेका कारण चीनलाई सबै मूलूकहरुले हेर्ने दृष्टिकोण फेर्न थालेका छन् ।
उसोत चीनले आफ्नै प्रयोगशालामा नै कोरोना भाइरस बनाएको भनेर समेत चीनको आलोचना हुँदै आएको छ । चीनले नै पूरै विश्वलाई कोरोना भाइरसको संकटमा पारेको आरोप समेत छ ।
नेपाललाई ५ लाख डोज खोप दिने भनेपनि यो खोपमाथि आशंका भएका कारण सरकारले लगाउने सम्भावना कम छ । विज्ञहरुले समेत चिनियाँ खोप नलगाउन भन्दै तर्क गर्न लागेको बताइएको छ ।