बाजुरा। नेपाल महिला सङ्घकी पूर्व अध्यक्ष तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओली रबर स्ट्याम्प भएको आरोप लगाएकी छन् ।
प्रधानमन्त्रीद्वारा संसद् विघटनको सिफारिस पश्चात् सोच्दै नसोची संसद् विघटन गर्ने राष्ट्रपति भण्डारीलाई उनले रबर स्ट्याम्पको उपनाम दिएकी हुन् ।
बाजुरा पुगेकी उनले जनताले दिएको जनादेशको आडमा कैयौँ नेपालीहरूको रगतले बनेको संविधानको उल्लङ्घन गरी संसद् विघटन गर्ने नेकपाको सरकार असफल सरकार भएको पनि बताइन् ।
महिला हिंसा, बलात्कार र हत्याको प्रमुख कारण गरिबी र चेतनाको कमी भएको उनको भनाइ छ। देशमा बढी रहेको महिला हिंसा तथा बलात्कारपछि हत्या जस्ता जघन्य अपराधलाई न्यूनीकरणका लागि बुटवलबाट अभियान सञ्चालन गर्दै बाजुरा पुगेकी डा. संग्रौलाले प्रेस युनियन बाजुराले सोमबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त अभिव्यक्ति दिएकी हुन् ।
पत्रकारले यौन हिंसा, महिला हिंसा र हत्याका घटना बढ्नुको प्रमुख कारण के हो रु भनी सोधेको प्रश्नको जवाफ दिँदै आफूहरूले लामो समयसम्म सञ्चालन गरेको अभियानको अध्ययन अनुसार गरिबी तथा चेतनाको कमी नै हिंसाको प्रमुख कारण भएको निष्कर्ष रहेको बताएकी छन् ।