Logo

बिहिवार, फाल्गुण १३ गते २०७७

प्रधानमन्त्री ओलीको वृहत घोषणा : अर्काे कार्यकालमा मेची-महाकाली रेल चल्ने  !

प्रधानमन्त्री ओलीको वृहत घोषणा : अर्काे कार्यकालमा मेची-महाकाली रेल चल्ने  !

नेपालपाना फाल्गुण १० २०७७
  • 1.3K
    SHARES
  • प्रधानमन्त्री ओलीको वृहत घोषणा : अर्काे कार्यकालमा मेची-महाकाली रेल चल्ने  !

    कञ्चनपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले अबको केही वर्षमै मेची महाकाली रेल चल्ने बताएका छन् ।

    कञ्चनपुरको वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको आज अपराह्न शिलान्यास गर्दै उनले  यस्तो बताएका हुन् ।

    पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य भइरहेको बताउँदै उनले भने, “पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य शुरु भइसकेको छ, अब मेचीदेखि महाकालीसम्म  केही वर्षमै रेल पनि कुद्छ ।”

    अबको केही वर्षभन्दा प्रधानमन्त्री ओलीले आफ्नै अर्काे कार्यकाललाई संकेत गरेको देखिन्छ । यसबाहेक उनले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताएका छन् ।   

    दोधारा चाँदनी क्षेत्रमा भारतसँगको महाकाली सन्धिबमोजिम १० क्युसेक पानी नेपालले पाउनुपर्नेमा नपाएकामा अब प्राप्त गर्नका लागि भारतसँग वार्ता भइरहेको पनि उनले बताएका छन् ।

    फाल्गुण १०, २०७७ सोमवार १९:३३:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana