Logo

बिहिवार, फाल्गुण १३ गते २०७७

मेलम्चीको पानी काठमाडाैंकाे बाटाे तताउँदै, याे वर्ष पुग्ला त उपत्यकामा ?

मेलम्चीको पानी काठमाडाैंकाे बाटाे तताउँदै, याे वर्ष पुग्ला त उपत्यकामा ?

नेपालपाना फाल्गुण १० २०७७
  • 958
    SHARES
  • मेलम्चीको पानी काठमाडाैंकाे बाटाे तताउँदै, याे वर्ष पुग्ला त उपत्यकामा ?

    काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको साढे २६ किलोमिटर सुरुङमा आज पुनः पानी भर्न थालेर परीक्षण शुरु गरिएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक 

    सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिएको हो । खानेपानीमन्त्री मणि थापा, युवा तथा खेलकूदमन्त्री दावा तामाङ, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र पूर्वकानूनमन्त्री शेरबहादुर तामाङलगायतले आज सो कार्यको शुभारम्भ गरेका हुन् ।

    आयोजनास्थल अम्बाथान सुरुङमा नै औपचारिक कार्यक्रम गरेर काम अगाडि बढाइएको हो । गत असार २१ गतेदेखि पानी परीक्षण शुरु गरेको आयोजनाले ३० गते १७ नं गेट फुटेर परीक्षण स्थगित गरिएको थियो । सो घटनामा दुईजनालाई खोलाले बगाएको समेत थियो । दुईमध्ये एकजनाको शव फेला परेको छ भने एकजनाको शव अझै फेला परेको छैन ।

    फाल्गुण १०, २०७७ सोमवार १९:४१:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मेलम्ची

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana