काठमाडौं । नेकपाकी सचेतक हुन शान्ता चौधरी । हाल केपी ओली समूहमा सक्रिय छन् । कम्हलरी, सांसद हुँदै आज यो मुकामसम्म आइपुगेकी छन् । उनको फ्यान फ्लोइङ पनि थुप्रै छन् । ओली समूहमा लागेपछि उनको लोकप्रियता चुलिँदो छ । साथसाथै ओली समूहको पनि प्रभाव बढाउँदै लगेकी छन् ।
गृह जिल्ला दाङमा उनको प्रभाव बढ्दो छ । यसैक्रममा आइतवार उनको हातबाट टिका लगाएर सयौ कार्यकर्ता पार्टी प्रवेश गरेका छन् ।

बाङ्गलाचुली गाउँपालिकामाप्रचण्ड र माधव समूह परित्याग गरि सयौ कार्यकर्ता प्रवेश गरेको शान्ताले फेसबुकमार्फत जानकारी दिएकी छन् । 'मुलधर नेकपा केपी समर्थनमा प्रवेश गर्ने व्यापक लहर चलेको छ । आउनुस है तपाईहरु पनि । छुट्नु होलानी फेरि । दाङ तातिँदैछ, लहर चल्दैछ,' शान्ताले भनेकी छन् ।

कुनै समय कांग्रेसको गड मानिने दाङमा पछिल्लो समय केपी ओलीको प्रभाव बढ्दो रहेको शान्ताको भनाइ छ ।