Logo

बिहिवार, फाल्गुण १३ गते २०७७

जन्मदिनमा ठूलाे निर्णय लिँदै प्रधानमन्त्री ओली, प्रधानसेनापति एक्सनमा 

जन्मदिनमा ठूलाे निर्णय लिँदै प्रधानमन्त्री ओली, प्रधानसेनापति एक्सनमा 

Nepal Pana फाल्गुण ११ २०७७
  • 10.5K
    SHARES
  • जन्मदिनमा ठूलाे निर्णय लिँदै प्रधानमन्त्री ओली, प्रधानसेनापति एक्सनमा 

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे आज जन्मदिन । जन्मदिनमा ओली निकै एक्टिभ देखिएका छन् । विहानै सुरक्षा परिषद डाकेका ओलीले त्यसलगत्तै मन्त्रिपरिषद् बैठक बाेलाएका छन् । 

    सुरक्षा परिषद बैठक आपतकालित सुरक्षा अवस्थामा बस्छ । अहिले देशमा राजनीतिक तरलताकाे अवस्था छ । केही समूह आन्दोलनमा छन् भने सर्वाेच्च अदालतबाट संसद विघटन मुद्दामा फैसला आउँदैछ । यस्ताे बेला प्रधानमन्त्रीले सुरक्षा परिषद बैठक बाेलाएर महत्वपूर्ण निर्णय गर्न लागेकाे बालुवाटार स्राेतबाट थाहा हुन आएकाे छ । 

    प्रधानमन्त्री ओलीले सेना परिचालनकाे निर्णय गर्ने तयारी गरेका छन् । देशकाे सुरक्षा अवस्थाबारे छलफल गरेर याे निर्णय लिइने बुझिएकाे छ । 

    प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परिषदमा रक्षा मन्त्री गृहमन्त्री अर्थमन्त्री मुख्य सचिव र प्रधानसेनापति सदस्य छन् । बैठकमा आउँदाे दिनमा संकटकाल लगाउन सक्ने अवस्थाबारे पनि विश्लेषण हुने बुझिएकाे छ । 

    त्यसाे त पछिल्ला दिनमा प्रधानसेनापति एक्टिभ छन् । उनले हिजाे मात्रै प्रधानन्यायाधीश चाेलेन्द्र शम्शेर जबरालाई भेटेका थिए । त्यसअघि उनकाे ओलीसँग भेट भएकाे थियाे । 

    सुरक्षा परिषदपछि ओलीले आजै क्याविनेट बैठक बाेलाएका छन् । उक्त बैठकमा थप निर्णय लिइने बुझिएकाे छ । जन्मदिकाे उत्साहमा ओली पुरै एक्सनमा उत्रिएका छन् । प्रधानसेनापतिलाई पनि एक्सनमा उतारेका छन् । अब कस्ताे निर्णय आउला त्याे त हेर्न बाँकी नै छ ।

    फाल्गुण ११, २०७७ मंगलवार १०:१०:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana