काठमाडौं । प्रदेश २ नवनियुक्त प्रदेश प्रमुख डा राजेश झा ‘अहिराज’ले सडक दुर्घटनामा घाइते भएका ४ जनाको उद्धार गरेका छन् ।
यसअघि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दुर्घटनाका घाइतेलाई उद्धार नगरि अगुवा पछुवा गाडीमा हुइँकिदा आलोचना भएको थियो । जनताको सेवकका रुपमा उक्त पदमा पुगे पनि उनले त्यो कर्तव्य निर्वाह गरेनन् ।

तर हालै नियुक्त भएका प्रदेश प्रमुख झाले भने पदीय हैसियतभन्दा पनि मानवियता देखाउँदै दुर्घटनाका घाइतेको उद्धार गरे । प्रदेश प्रमुखको प्रोटोकल प्रदेशमा केन्द्रका राष्ट्रपति जतिकै हो ।
तर उनले आफ्नो प्रोटोकललाई नागरिकको सुरक्षाका लागि तोडिदिए । सायद झा लाई आफू जनताको सेवक भएको ज्ञात हुनुपर्छ । त्यसैले त उनी आफ्नो कर्तव्यबाट भागेनन् ।

झा ले ‘नागरिकको सुरक्षा मेरो पहिलो जिम्मेवारी’ भन्दै जनकपुरबाट जितपुर जाने क्रममा निजगढ जङ्गलमा सडकमा दुर्घटनामा परि छ्टपटाइ रहेका ४ जनालाई अस्पताल पुर्याएका हुन् ।
उनले दुर्घटनामा परेको देख्ने वित्तिकै आफ्नो गाडी रोक्न लगाई घाइतेलाई गाडीमा राखेर चपुरको अस्पतालमा आफ्नो सुरक्षाकर्मी सहित पठाएका हुन् । नागगरिकको जीवन रक्षाभन्दा ठूलो कुनै सेवा नहुने उनले बताए ।